News

प्रहरीलाई मसाल झोस्ने महेश वस्नेत एमालेको सचिव पदका उम्मेदवार !

प्रहरीलाई मसाल झोस्ने महेश वस्नेत एमालेको सचिव पदका उम्मेदवार !

आन्दोलनका नाममा प्रहरीलाई ज्युँदै आगो लगाउने एमालेका नेता महेश वस्नेतले पार्टीको सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आज मध्यपुरथिमिको सम्पर्क कार्यालयमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

सचिव पदमा उम्मेदवारी दिने १० आधारसमेत प्रस्तुत गरेका वस्नेतले पार्टी र देशका लागि युवा पुस्ताको भूमिका बढाउन, अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रुपमा मुलुकको युवा शक्तिलाई परिचालन गर्न आफूले सचिव पदमा उम्मदवारी दिने निर्णय गरेको उनले बताए।

सो आधारपत्रमा उनले आफू मन्त्री हुँदा गरेका कार्य र आगामी दिनमा पार्टी र देशलाई दिनसक्ने योगदानहरुका बारेमा उल्लेख गरेका छन्।

आफू युवा सङ्घको अध्यक्ष हुँदा होस् वा एमालेको केन्द्रीय सदस्य हुँदा पार्टीकै पक्षमा युवालाई एकताबद्ध बनाउन काम गरेको बताउँदै उनले आगामी दिनमा एमालेमा ऊर्जावान युवाको प्रवेश गराउन पनि उम्मेदवारी घोषणा गरेको बताए।

एमालेको महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ। 

महेश वस्नेत तिनै नेता हुन जस्ले बाबुराम भट्टराई नेतृत्वको सरकार हटाउन भएको आन्दोलनका क्रममा जलिरहेको मसालले प्रहरीलाई झोसेका थिए। त्यो फोटो सार्वजनिक भएपछि डिएसपी दीपशमशेर राणाले फेसबुकमा उनको आलोचना गर्दा राणाको सरुवा गरिएको थियो।
 
राणाले बस्नेतलाई गुन्डा भन्दै उनीहरुलाई नेताको संरक्षण रहेको लेखेका थिए।
 

महेश वस्नेत

विशेष