News

जन्ती बोकेको जिप दुर्घटना हुँदा ७ मध्ये ५ को मृत्यु

जन्ती बोकेको जिप दुर्घटना हुँदा ७ मध्ये ५ को मृत्यु

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा सात मध्ये पाँच जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाईते भएका छन् ।

दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका–६ सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका–४ कलुवाड मोडमा दुर्घटनामा परेको हो।

दुर्घटनामा दशरथचन्द नगरपालिका–६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको मृत्यु भएको छ। 

दुर्घटनामा परेर दशरथचन्द नगरपालिका–६ का ४८ वर्षीय हर्कबहादुर चन्द र जीप चालक डडेल्धुराका ४० वर्षीय दीपक माली गम्भीर घाइते भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

उनीहरुलाई थप उपचारका लागि डडेल्धुरा लगिएको छ। जिप सडकबाट सात सय मिटर तल खसेको थियो। दुर्घटनाको कारण खुल्न सकेको छैन।
 

विशेष