News

ओलीको ‘साइबर सेना’ लाई वैधानिक्ता दिने तयारी, अव ‘साइबर सर्कल’!

ओलीको ‘साइबर सेना’ लाई वैधानिक्ता दिने तयारी, अव ‘साइबर सर्कल’!

नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओली विरुद्ध विरुद्ध नकारात्मक टिप्पणी गर्दा चर्चामा आउने नाम हो– ‘साईवर सेना’। नेकपा (एमाले) को युवा संगठनअन्तर्गत रहने भनिएको ‘साइबर सेना’ ले अव वैधानिक रुपमा नै मान्यता पाउने भएको छ। तर, यसको नाममा भने थोरै संशोन गरी ‘साईवर सर्कल’ राखिएको छ।

एमाले युवा नेता महेश बस्नेतले प्रस्ताव गरेको साइबर सेनाको नाम परिवर्तन गरेर ‘साइबर सर्कल’ बनाइने भएको हो । बस्नेतले सेना शब्दले द्वन्द्व र हिंसाको अर्थ दिने भएकाले नाम परिवर्तन गरिएको जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कलको मंसिर ८ गते घोषणा गर्ने भएका छन् । ‘जनताको मुखमा साइबर सेना भन्ने थियो। यसलाई औपचारिकता दिँदा सेना शब्द राख्दा अलि द्वन्द्व, हिंसा जोड्लान । त्यही भएर साइबर सर्कल राखौं भन्ने भयो’– वस्नेतले भने।

साइबर सर्कल युवासंघ अन्तर्गत एउटा विभागका रूपमा रहने पनि बस्नेतले बताए । ‘यो युवासंघको एउटा विभागका रूपमा जान्छ,’ उनले भने, ‘युवासंघको मातहतका कमिटीमा विभागकारूपमा काम गर्छ ।’
 

विशेष