News

प्रधानन्यायाधिश विरुद्ध आरोप लगाएको एक महिनापछि प्रमाण खोज्दै नेपाल वार !

प्रधानन्यायाधिश विरुद्ध आरोप लगाएको एक महिनापछि प्रमाण खोज्दै नेपाल वार !

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध नेपाल वार एसोसिएसनले सुरु गरेको आन्दोलन एक महिना नाघेको छ। तर, आन्दोलनका एजेण्डा भने भर्खर खोज्न थालिएको छ। 

कात्तिक १४ गतेदेखि सुरु भएको आन्दोलनमा वकिलहरुले प्रधानन्यायाधिश विरुद्ध पैसामा न्याय वेचेको भन्दै विचौलिया र विचौलियाको नाईके जस्ता शब्द प्रयोग गर्दै आएका छन् । तर, यसलाई पुष्टि गर्ने आधार भने उनिहरुसँग छैन भन्ने कुराको पुष्टि उनिहरुले नै गर्न थालेका छन् ।

नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पैसा लिएर गरेको फैसलाको सूचना भए उपलब्ध गराउन कानुन व्यवसायी र सेवाग्राहीहरूलाई आग्रह गरे।

सोमबार सर्वोच्च अदालत परिसरमा बारले दिएको धर्ना कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले पैसा खाएर गरेको फैसलाको सूचना भए नेपाल बारमा उपलब्ध गराउन कानून व्यवसायी र सेवाग्राहीहरूलाई आग्रह गरेका हुन् । 

उनले त्यहाँ पनि प्रधानन्यायाधीशले गरेका फैसलाहरूले विकृति, बिसंगति, बिचौलिया र भ्रष्टाचार भइरहेको आरोप लगाउँन भने छोडेनन् । अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशले पैसा लिएर गरेको फैसलालाई राखेर जनताबीचमा पेश गरिने धम्की समेत दिए । तर, अहिलेसम्म त्यस्तो घट्ना हात परेको जानकारी भने उनले दिन सकेनन् ।

वरु उनले राजनीतिक दलले साथ नदिएको भन्दै आक्रोश पोखे। न्यायालयमा बिकृति र बिसंगति भइरहेको भन्दै कानून व्यवसायीहरू आन्दोलनमा उत्रिएको दुई हप्ता भइसक्दासमेत राजनीतिक दल कानमा तेल र मुखमा बुझो हालेर बसेको आरोप लगाए।

अध्यक्ष श्रेष्ठले राज्यको महत्वपूर्ण अंगमा आएको समस्याका बारेमा चुप लागेर बस्ने भए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिए । 

चोलेन्द्रशमशेर जबरा नेपाल वार एसोसिएसन

विशेष