News

यौन दुर्ब्यवहारको आरोप लागेका आनन्द अरुणको आश्रममा किन गए आचार्य बालकृष्ण 

यौन दुर्ब्यवहारको आरोप लागेका आनन्द अरुणको आश्रममा किन गए आचार्य बालकृष्ण 

भारतिय योग गुरु रामदेवसँगै नेपाल भ्रमणमा आएका पतञ्जली योगपीठका आचार्य बालकृष्णले यौन दुर्ब्यवहारको आरोप लगोका आनन्द अरुको आश्रम ‘ओशो तपोवन’ को भ्रमण गरेका छन् । आचार्य वालकृष्णले आइतबार बिहान नागार्जुनस्थित ओशो तपोवनको भ्रमण गरेका हुन ।

आचार्य बालकृष्ण तपोवन जानुको मुख्य उदेश्य खुलेको छैन। तर, उनले तपोवन भित्र रहेको पुस्तकालय, ओशो समाधी, शिवपुरीबाबाको मन्दिर, मृत्युपार्क तथा कविर मन्दिरको दर्शन गरेका थिए । 

आचार्य बालकृष्णले आफूहरु तपोवनको प्रशंसक रहेको भन्दै योग र अध्यात्मको विषयमा पतञ्जली तथा ओशो तपोवनबीच सहकार्य गर्ने बताए । योग र ध्यानको महत्व बिश्वले बुझ्दै गएकाले तपोवन जस्ता आध्यात्मिक गन्तब्यहरुको महत्व दिनदिनै बढिरहेको उनको भनाइ थियो ।

केही समयको भ्रमणपछि उनी तपोवनवाट निस्किएका थिए । यसैगरी आनन्द अरुले योग गुरु रामदेवसँग पनि भेटघाट गरेका छन् । उनले रामदेवसँगको फोटो ‘वोधिसत्व स्वामी आनन्द अरुण’ नामको फेसवुक पेजमा अपलोड गरेका छन् । 

आनन्द अरुणलाई केही समय अगाडि आश्रममा यौन शोषण गरेको तथा चाकरी गराएको आरोप लागेको थियो । 
 
युकेमा शिविर चलाउँदा एक सन्यासीकी छोरीको कोठामा पसेर गलत कृयाकलाप गरेपछि आनन्द अरुण रातारात त्यहाँबाट भागेर जर्मनीको क्याम्प स्थगित गरेर ऋषिकेशमा आएर १० दिन लुकेको हल्ला समेत चलेको थियो।

उनले आश्रमका महिला अनुयायीहरुलाई विदेश पठाइदिने प्रलोभनमा पारेर तथा त्यसरी पनि नभए धम्की दिएर यौन शोषण गरिरहेको भन्दै ब्यापक आलोचना भएको थियो ।
 

आचार्य बालकृष्ण रामदेव पतञ्जली योगपीठ ओशो तपोवन

विशेष