News

छुट्टै देश नपाएपछि २० जिल्लावाट माटो उठाउँदै सीके राउत !

छुट्टै देश नपाएपछि २० जिल्लावाट माटो उठाउँदै सीके राउत !

जनमत पार्टीका अध्यक्ष सीके राउतले मेचीदेखि महाकालीसम्म तराई मधेशका २० जिल्लाका प्रत्येक मधेशी बाहुल्य पालिकामा पुगेर माटो संकलन गर्ने भएका छन् ।

त्यहाँको माटो सङ्कलन गरी ‘मधेश एकता उद्यान’ निर्माण गर्ने उदेश्यले यो काम गर्न लागिएको हो । पार्टीको कार्यकारिणी समितिको बैठकले यस्ता निर्णय गरेको महासचिव चन्दन सिंहले बताए । उनले मंसिर १० गते लुम्बिनीको मायादेवी मन्दिरबाट माटो सङ्कलन कार्यक्रमको सुरुवात गरिने बताए । 

अध्यक्ष राउतले स्थानीय चुनावअघि तराई मधेशका २० वटै जिल्लाको पालिकामा आफै पुगेर माटो सङ्कलन गर्नेछन् । जनमत पार्टीका अध्यक्ष राउतले चुनावलाई केन्द्रीत गरी सो कार्यक्रमको सुरुवात गर्न लागेको वताईएको छ।

माटो सङ्कलन अभियान पार्टी संगठन विस्तारको अभियानसँग जोडिएको छ । 

अध्यक्ष राउत यस अघि मधेशलाई छुट्टै राज्य वनाउनु पर्ने अभियानमा संलग्न थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा वर्ता मार्फत मुलधारको राजनीतिमा फर्केका हुन ।
 

सीके राउत जनमत पार्टी

विशेष