News

६२ वर्ष गीतलाई प्रतिबन्ध, जुन गीत सुनेर मान्छेले भटाभट आत्महत्या गर्थे

६२ वर्ष गीतलाई प्रतिबन्ध, जुन गीत सुनेर मान्छेले भटाभट आत्महत्या गर्थे

गीत संगित मन नपराउने मान्छे सायदै होलान। सन्सारमा धेरै थरी गीत वनेका छन् । कुनै रोमान्चक हुन्छन भने कुनै विरहका हुन्छ।

कतिपय गीत सुन्दा जुरुक्क उठौ झै लाग्छ भने कुनै गीत सुन्दा विरक्त लाग्ने पनि हुन्छ। कतिपय गीत सुनिसकेपछि मानिसहरू विना कारण नै दुःखी हुन्छन्। त्यस्तै एउटा गीत थियो, जुन सुनेर धेरै मानिसहरूले आत्महत्या गरे ।

यो गीत यति खतरनाक थियो कि धेरै मानिसहरूले आत्महत्या गर्न थालेपछि गीतमाथि प्रतिबन्ध नै लगाउनु परेको थियो, र त्यस्तो प्रतिबन्ध ६२ वर्षसम्म कायम रह्यो । उक्त गीतलाई संसारकै सबैभन्दा विरही तथा विषादपूर्ण गीत भनिन्छ।

उक्त गीतको बोल ग्लूमी सन्डे हो । हंगेरीका संगीतकार रेजसो सेरेसले तयार गरेका थिए । सन् १९३३ मा उनले ग्लूमी सन्डे वा स्याड सन्डेको नामबाट उक्त गीततयार पारेका थिए । उनले उक्त गीतलाई प्रेमसँग जोडेर तयार गरेका थिए । तर गीतले यतिधेरै पीडा थपिदियो कि यो गीत सुनिसकेपछि मानिसहरू आफैं रुने गर्दथे ।

ग्लूमी सन्डे गीत सुनेर सबैभन्दा पहिले आत्महत्या गरेको घटना बर्लिनमा सार्वजनिक भयो । त्यहाँ एक युवकलाई गीत सुनिसकेपछि यतिधेरै पीडा परेछ कि उनले आफैंलाई गोली हानेर हत्या गरे । त्यस्तै न्युयोर्कमा एक वृद्धले गीत सुनेर ७औँ तलाबाट हाम फालेर आत्महत्या गरे भने हंगेरीमा एक १७ वर्षीया किशोरीले नदीमा हाम फालेर आत्महत्या गरिन् ।

उक्त गीत सुनेर कसैले आत्महत्या नगरुन् भन्नका लागि गीतलाई पुनः कम्पोज गरिएको थियो । तर त्यसपछि पनि आत्महत्याको क्रम रोकिएन । अन्ततः सन् १९४१ मा गीतलाई प्रतिबन्धित गरिएको थियो । सन् २००३ मा यो गीतमाथिको प्रतिबन्ध हटाइएको थियो । यो गीत अहिले युट्युबमा पनि उपलब्ध छ ।

तर अहिले भने यो गीतमा के त्यस्तो चिज छ जसका कारण त्यतिवेला मानिसहरुले भटाभट आत्महत्या गरेका थिए भन्ने बुझ्न गाह्रो छ।

यो विरही गीतका रचनाकार रेजसो सेरेजले पनि वास्तवमा प्रेमसम्बन्ध टुटेपछि यो गीत लेखेका थिए । उनकी एक प्रेमिका थिइन् जसलाई एनी निकै प्रेम गर्दथे । उनी राम्रो पियानोबादक थिए र त्यहीँ क्षेत्रमा करिअर बनाउन चाहन्थे तथापि सफलता मिलिरहेको थिएन । त्यहीँ सयमा उनकी प्रेमिकाले उनलाई धोका दिइन् । प्रेममा पाएको धोकाले सेरेस विक्षिप्त बने र प्रेमिकाको यादमा एक गीत तयार पारे ।

उक्त गीत विस्तारै यतिधेरै लोकप्रिय बन्यो कि प्रेममा धोका खाएकाहरुको मनपर्ने गीत बन्यो । 


 

विशेष