News भिडियो मेरो परिवार मेरो कथा

बास्तविक जोडिको बास्तविक कथाः जस्को जिवन संघर्षमा लेखिए ५५ हजार शब्द 

बास्तविक जोडिको बास्तविक कथाः जस्को जिवन संघर्षमा लेखिए ५५ हजार शब्द 

हर कोहीलाई आफनो लभ स्टोरी विषेश लाग्छ। त्यो लभ स्टोरीमा किलाव लेखिए हुन्थ्यो भन्ने लाग्छ। सिनेमा वने हुन्थ्यो जस्तो लाग्छ। सवैको यो चाहना पुरा हुँदैन। तर, कसैकसैको चाहाना भने पुरा हुँदो रहेछ भन्ने उदाहरण हो बायोपिक फिल्म– बोबी।

कास्कीकी कविता गुरुङ्ग र उनका प्रेमी उमेश थापाले ‘बोबी’ फिल्म वनाएर आफनो चाहना पुरा गरे । उनिहरुको चाहना यतिमात्र मात्रै सिमित छैन। उनिहरुले ‘बोबी–२’ पनि वनाउने घोषणा गरेका छन् । 

बोबी फिल्म कविताको जिवन कहानीमा आधारित छ भने बोबी २ उमेशको कथामा आधारित हुने उनिहरुले वताएका छन् । फिल्मसँगै कविताले आफनो लभ स्टोरीका वारेमा किताव पनि लेखिन। कविताद्वारा लिखित किताव (आत्मकथा) हो – ‘म अनि मेरो’ । केही समयअघि यो किताव सार्वजनिक भएको छ। 

२१ वटा प्रसंगहरू समेटिएको कितावमो ५५ हजार शब्द छन् । अभिनेत्री गुरूङका अनुसार फिल्ममा नसमेटिएका प्रसंग र तथ्यलाई पुस्तकमा समेटिएको छ। जीवन यात्रामा भेटिएका पात्र र भोगेका घटनालाई पुस्तकमा उतारेको उनी वताउँछिन् । पुस्तकमा अन्तरजातीय बिहे गर्दाको भोगाइ, अनुभवसहित नेपालदेखि नर्वेसम्मको यात्राका अनुभव समेटिएको उनले वताईन। 

यही प्रसंगमा हामीले कविता गुरुङ्गसँग कुराकानी गरेका छौं । कुराकानीका क्रममा उनले लकडाउनको सदुपयोग गर्दै यो आत्मकथा लेखेको वताईन। अन्तरजातिय विवाहका कारण भोग्नु परेको अप्ठ्यारो सम्झेर भने उनी भावुक भईन। उनीहरुको विवाह भएको २ दशक भन्दा बढि भयो, तर माइतीले भने उनलाई वोलाउन थालेको ७/८ वर्ष मात्र हुँदैछ। 

अन्तर्जातिय विवाहकै कारण आफु असल छोरी, असल बुहारी र असल श्रीमती पनि हुन नसकेको उनी वताउँछिन् । जिदी र हठी स्वभावका कारण आफुले श्रीमान र परिवारलाई दुख दिएको सम्झिदै उनले भनिन–‘विवाहपछि चाहीँ श्रीमान र मेरो सम्वन्ध निकै प्रगाढ भयो। उमेश जस्तो श्रीमान पाउन गाह्रो छ।’

उनको यही वास्तविक्तामा आधारित छ ‘फिल्म–बोबी र पुस्तक– म अनि मेरो’। कास्कीकी कविताको उमेशसँग प्रेम बस्यो । उमेश ‘थापा’ र कविता ‘गुरुङ’ भएकाले जातीयताका कारण मागी बिवाह सम्भव थिएन ।

सानैदेखि काठमाडौंमा काकासँगै हुर्केंकी कविताले उमेशसँग भागेर विवाह गरिन् । बिहेपछि जीवनमा झनै उतारचढाव आए। यही मेसोमा एउटा फिल्म वनेको र एउटा किताव तयार भएको उनी वताउँछिन् । 

कविता पेशाले होटल म्यानेजर हुन् उमेश इन्जीनियर। नर्वेमा बस्दै आएका उनिहरुका अहिले एक छोरा छन् । 

बोबी म अनि मेरो कविता गुरुङ्ग

विशेष