News

चौरजहारी जानुपर्ने विमान नेपालगञ्जमै अवतरण भएपछि...

चौरजहारी जानुपर्ने विमान नेपालगञ्जमै अवतरण भएपछि...

पाईलटको डुयूटी आवर सकिएपछि गन्तब्यमा नपुगी नजिकको विमानस्थलमा विमान अवतरण गरेर वस्नु परेको घट्ना प्रायः धेरैका लागि नौलो हुन सक्छ। यो घट्ना नेपालमै भएको छ। काठमाडौबाट रुकुमको चौरजहारी विमानस्थलमा उडेको नेपाल एयरलाइन्सको ट्विनअर्टर जहाज सोमबार साँझ नेपालगन्जमै अवतरण (नाइट स्टप) गरेको छ ।

यस्तो किन यसो भयो ? भन्ने विषयमा सोधखोजका क्रममा पाइलटको तोकिएको ‘ड्यूटी आवर’ सकिएपछि विमान नेपालगञ्जमै रोकिएको थियो । 

नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले पाइलटका लागि एक दिनमा १० घण्टा वा १० पटकको ल्यान्डिङसम्म उडान गर्न पाउने निश्चित समयावधि तोकेको छ । त्यो समयावधि भन्दा बढी समय पाइलटले जहाज उडाएमा एयरलाइन्स र पाइलट दुबैलाई नियामक निकायले कारवाही गर्छन् ।

यसै बाध्यताका कारण सोमबार नेपालगन्जबाट चौरजहारी उडेको जहाजले नेपालगन्जमा नाइटस्टप गरेको जनाईएको छ। ‘ड्यूटी आवरको सीमा मिच्न नपाइने र चौरजहारीको मौसम खराब भएका कारण जहाज नेपालगन्जमा अवतरण गरिएको हो।

चौरजहारी पुगेर अवतरण गर्न नसकेको भए पाइलटको ड्यूटी आवर क्रस हुने अवस्था भएकाले कारवाहीमा पर्नु भन्दा नेपालगञ्जमा अवतरण गरिएको जनाईएको छ।

त्रिभुवन विमानस्थलबाट सोमबार साँझ उडेको जहाजले मंगलबार बिहानैबाट नेपालगन्जलाई आधार बनाएर उडान गर्दा यस्तो अवस्था आएको जनाईएको छ। 

नेपानी र पाईलटको गड्वडिले यात्रुले भने सास्ती भोग्नु परेको थियो । 

विशेष