News

प्रचण्डले दोहो-याए चितवनवाटै चुनाव लड्ने कुरा

प्रचण्डले दोहो-याए चितवनवाटै चुनाव लड्ने कुरा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने वताएका छन् ।

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको उद्घाटन गर्दै उनले चितवनवाट उम्मेदवार वन्ने कुरा दोहो-याएका हुन ।

उनी यसअघिको निर्वाचनममा चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी वनेका थिए । भरतपुर महानगरको विकास लोभलाग्दो रहेको भन्दै अध्यक्ष दाहालले यसलाई अझ उचाइमा पु-याउनका लागि आफ्नो उम्मेदवारी रहने बताइ । भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निर्वाचन अगाडि जग्गा वितरण गरिने उनको भनाइ थियो । 
 

विशेष