News

रावलसँग महेश वस्नेतको गुनासो– राम्रो सन्देश गएन

रावलसँग महेश वस्नेतको गुनासो– राम्रो सन्देश गएन

नेकपा एमालेका नेता महेश बस्नेतले उपाध्यक्ष भीम रावललाई अध्यक्षमा उम्मेदवारी दिने घोषणा फिर्ता लिन आग्रह गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता बस्नेतलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा फिर्ता लिन आग्रह गरेका हुन । १०औं महाधिवेशनबाट ओलीलाई सर्वमान्य नेताको रुपमा अगाडि बढाउन चाहेको बताएका उनले रावलेका उम्मेदवारीले त्यसमा खलल पर्याएको वताए ।

यसले राम्रो सन्देश नगएको भन्दै नेता बस्नेतले भने, ‘उम्मेदवारी फिर्ता लिएर महत्वपूर्ण भूमिकालाई निरन्तरता दिनु राम्रो हुन्छ ।’ तर उपाध्यक्ष रावलले भने केपी ओलीलाई पराजित गरेर आफू एमालेको अध्यक्ष बन्ने दावी सहित उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
 

महेश बस्नेत भीम रावल

विशेष