News

प्रचण्डलाई ओलीको चुनौतीः माओवादीको महाधिवेशन झापामा गरेर देखाउनोस

प्रचण्डलाई ओलीको चुनौतीः माओवादीको महाधिवेशन झापामा गरेर देखाउनोस

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापामा माओवादी केन्द्रको महाधिवेशन गरेर देखाउन पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिएका छन् ।

मंगलबार सम्पादक तथा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले प्रचण्डलाई यस्तो चेतावनी दिएका हुन । चितवनमा एमालेले महाधिवेशन गर्न लागेको सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष दाहालले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले झापामा अधिवेशन गर्न चुनौती दिए।

‘चुनाव लड्यो भन्दैमा जिल्ला पुरै हुँदैन । उहाँ रोल्पाबाट लड्नु भयो रोल्पामा नगर्ने। काठमाडौंबाट लड्नु भयो, काठमाडौंमा नगर्ने। सिराहाबाट लड्नु भयो त्यहाँ नगर्ने,’ ओलीले भने–‘उहाँले झापामा आएर पार्टीको महाधिवेशन गर्नुहोस् ।’

दाहालले एमालेलाई नभइ सिपी मैनालीलाई भनेको बताए। ‘सिपी मैनालीले नेकपा मालेको चितवनमा महाधिवेशन गरेको भोलिपल्ट उहाँले मलाई सक्न केहीले चितवनमा महाधिवेशन गरेका छन् भन्नुभयो। यो हामीलाई होइन सिपी मैनालीलाई भन्नुभएको होला’– उनले भने।

उनले १० औं महाधिवेशनबाट नेतृत्व चयनमा सहमतिका लागि आग्रहसमेत नगर्ने बताए। मिलेर जानु राम्रो भएको, तर आफूले सहमतिका लागि आग्रह गर्दा दबाव दिएको हुने भएकाले केही नबोल्ने उनको भनाई छ।

पृष्ठभूमि जे भए पनि अहिले एमालेमा एउटै पक्ष मात्र रहेको समेत ओलीले बताए । 
 

केपी शर्मा ओली

विशेष