बालिका खड्काको राजनीति सिद्याउने षडयन्त्र, संगठित सदस्यता नविकरणमा रोक

प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई विरुद्ध घरेलु हिंसा, शारीरिक यातना र यौन दुर्ब्र्यवहारको आरोप लगाउने बालिका खड्काको राजनीतिक यात्रामा नेकपा एमालेले तघारो हालेको छ। एमालेका नेताहरुले बालिकाको राजनीति वन्द गर्न पार्टीको संगठित सदस्यता नविकरणमै वन्देज लगाएका छन् ।
आफनो संगठित सदस्यता नविकरण नभएको भन्दै बालिकाले रोस प्रकट गरेकी छिन् । दुई दिनमा झण्डै एक दर्जन स्ट्याटस अपडेड गरेकी उनले पूर्वमुख्यमन्त्री राईले आफुलाई बलात्कार गरेको आरोप समेत लगाएकी छिन् । राईलाई उनले ‘गु धने’ भन्दै सम्वोधन गरेकी छिन् ।
राई विरुद्ध अपशब्द प्रयोग गर्दै उनले गालिगलौज गरेकी छिन् । ‘गु धनेसँग बिहे गर्दिनु भनेर केपीको दैलो धाईन की ? रास्ट्रपतिको दैलो धाईन की ? पार्टीको दैलो धाईन की ? गु धनेको मुख्यमन्त्री कार्यलय÷घर सबै, अदालत धाईन की ?’ उनले फेसवुकमा लेखेकी छिन्–‘बिहे नगर नेता हुनुपर्छ भने सबै ठाउँमा । नेता हुने बेलामा संगठित सदस्य रिनो नै भएन।’
बलात्कार खपेर बस्दा पनि राजनीतिमा अगाडि जान नदिएको भन्दै उलने अगाडि लेखेकी छिन्–‘बालिका खडकाले राजनीति गर्नको लागि बिहेको ‘ब’ पनि उचारण गर्न नहुने । केन्द्रिय सदस्य हुने बेला संगठित सदस्य रिनो हुदैन ।’
सवैका लोग्ने–स्वास्नीहरु मिलेर लोग्नेको स्वास्निले र स्वास्निको लोग्नेले सिफारिस गरिगरी प्रतिनिधि निर्वाचित भएको तर आफनो भने संगठित सदस्यता नै रिन्यू नभएको भन्दै उनले चित्त दुखाएकी छिन् । यसको दोस भने उनले शेरधन राईलाई लगाएकी छिन् ।
गु धनेले बलात्कार गरेर भाग्न हुने मैले र... को छोरा भन्न नहुने । ‘गु धने र... को छोराले गर्दा मेरो संगठित सदस्यता रिन्यु भएन। मेरो भविस्य माथि चलखेल गर्यो।’– उनले लेखेकी छिन् ।
एमालेमा राष्ट्रपति विद्यादेवी भण्डारीकी जेठी छोरी उषाकिरण भण्डारीलाई सचिव वनाउने तयारी भईरहेको र अध्यक्ष केपी शर्मा ओलीले पनि स्विकृति दिएको प्रसंगमा उनले लेखेकी छिन्–‘तेहि भएर हस्याङ फस्याङ गर्दै गु धनेले मेरो चरीत्र हत्या गर्न भ्यायको होला है । कति निर्दोष थिएँ म यिनको माईती आगनमा गु धनेले हातपात गर्दा। यिनको आमा रास्ट्रपति हुँदै गर्दा ।’
नेताहरुलाई उनले धुन्धुकारीको संज्ञा दिएकी छिन् । ‘एमालेका धुन्धुकारिहरु खान्छन, बस्छन् डकारछन छि। कार्यकर्ता भेट्न् जादा हकार्छन। संगठित सदस्यता रिन्यु गर्दीएनन धुन्धुकारिहरुले’ उनले लेखेकी छिन्–‘हाम्रो एमालेका अल्बेस्राहरु के भनौं मेरो संगठित सदस्यता रिन्यु गर्दिन कत्रो भारी लागेछ ।’
सामाजिक सञ्जालमा अति नै क्रुद्ध देखिएकी खड्काले ओलीका पिए इन्द्र भण्डारी, पत्रकार ऋषि धमला सवैलाई गालि गर्न भ्याएकी छिन् ।
‘मलाई दुर्घटना भयो कही÷कतै भने इन्द्र भण्डारी (केपीको पिए) र गु धने राईलाई समाउनु होला आम जनसमुदाय’ उनले लेखेकी छिन्–‘मलाई कति धेरै अन्याय छ ऋषि धमला भन्ने धुन्धुकारी पत्रकार (पावरको पुजारी ) गु धने राईको मात्रै अन्तर्वार्ता लिन्छ।’