News राजनीति

भजनीमा प्रचण्डले पुष्टि गर्न खोजेका दुई कुरा– आफु नायक, ओली खलनायक

भजनीमा प्रचण्डले पुष्टि गर्न खोजेका दुई कुरा– आफु नायक, ओली खलनायक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री वरावरको हैसियतमा रहेको वताएका छन् । प्रधानमन्त्री पदमा नभए पनि आफु प्रधानमन्त्रीभन्दा कम नभएको उनले बताए।

वुधवार कैलालीको भजनी नगरपालिकाको प्रशासकीय भवन उदघाटन कार्यक्रममा प्रचण्डले भने, ‘हुन त अहिले म प्रधानमन्त्री छैन । तर प्रधानमन्त्रीभन्दा कम पनि छैन ।’

आफुलाई प्रधानमन्त्री वरावरको हैसियमा रहेको भनेपछि उनले पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना सुरु गरे । आफूले भनेको नमान्दा एमाले अध्यक्षसमेत रहेका ओली वालुवाटारवाट वालकोट पुगेको दाहालले वताए । ‘मैले भन्याजति केही काम नगर्ने कसम खाए केपी ओलीले । त्यही भएर उनी बालुवाटारबाट बालकोट पुगे’ उनले भने–‘अहिले सातै प्रदेशबाट सरकारबाट हात धुनुपर्या छ ।’

आफुले कम्युनिष्टलाई एक गरेर देशमा स्थायित्व र छिटो विकास होला भनेर ओलीलाई दुई चोटी प्रधानमन्त्री वनाएको वताएका उनले तर, ओली नायक नभएर खलनायक भएको टिप्पणी गरे । ‘मैले त एउटा सपना देखेको थिएँ, कम्युनिष्टलाई एक गरेपछि देशमा स्थायीत्व होला, छिटोछिटो विकास होला, सामाजिक न्याय होला भनेर केपी ओलीलाई मैले नै दुईचोटी प्रधानमन्त्री बनाएँ । तर ती नायक होइन, खलनायक परेछन् । भिलेन पर्या हुनाले मैले भनेको जति केही काम नगर्ने ।’

ओली नेतृत्वको अघिल्लो सरकारलाई प्रचण्डले ‘झुटो बोल्न सिपालु सरकार’ भनेर टिप्पणी गरे । तर अहिलेको सरकारलाई त्यसो हुन नदिने उनले बताए ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ केपी शर्मा ओली

विशेष