माधव नेपाल भन्छन्– चुनावपछि ओलीलाई विचरा भन्ने अवस्था आउँछ

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली छट्पटिएर अन्टसन्ट बोल्न थालेको वताएका छन् । ओली चोइटिएर एक्लो भएको र राजनीतिमा पत्तासाफ हुन थालेको उनको दावी छ।
जनकपुरमा पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष नेपाललले भने– ‘राजनीतिमा पत्तासाफ हुन थालेपछि ओली छट्पटिएर अन्टसन्ट बोल्न थालेका छन्। चोइटिएका ओली गालीगलौचमा उत्रेका छन् । हामी कुनै प्रतिकार गर्दैनौँ । चुनावपछि विचरा भन्ने अवस्था आउने छ ।’
एमालेको चुनाव चिन्हमा ग्रहण लागेको टिप्पणी गर्दै अध्यक्ष नेपालले नेकपा(एस)को चुनाव चिन्ह कलम चम्किएको बताए । पार्टी विस्तारका कार्यक्रम अगाडि ओली आत्तिएको उनले टिप्पणी छ।
नेकपा(एस) दक्षिणपन्थी भाषामा नभासिने नेपालको जिकिर छ।