News राजनीति

अध्यक्ष वन्ने पूर्वसन्ध्यामा ओली माथि यस्तो आरोप, झलनाथले मुख खोले !

अध्यक्ष वन्ने पूर्वसन्ध्यामा ओली माथि यस्तो आरोप, झलनाथले मुख खोले !

नेकपा एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कामै नलाग्ने गफाडी नेता भएको भन्दै आलोचना गरेका छन् । नेकपा एमालेमा दोहो¥याएर अध्यक्ष वन्ने ओलीले तयारी गरिरहेको पुर्वसन्ध्यामा खनालले यस्तो आलोचना गरेका हुन ।

एउटा टेलिभिजनलाई अन्तरर्वाता दिने क्रममा नेता खनालले ओली सरकारको ४१ महिने कार्यकालमा सिन्को समेत नभाँचेको वताए । समृद्धिका कुरा, सुरुङमार्गको कुरा, हरेक स्थानीय तहमा अस्पताल सिलन्यास गर्ने कुरा, गाउँ–गाउँमा सडकको सिलन्यासका कुरा, धरहरा, रानिपोखरीलगायतका कुरा सवै हावादारी भएको उनको भनाई छ।

‘धरहरा अहिलेसम्म ४१ प्रतिशत वनेको छ, ५९ प्रतिशत वन्नै वाँकी छ। ५९ प्रतिशत वनाई सकेपछि त्यो धरहरा फेरी उद्घाटन गर्ने की नगर्ने ?’ उनले भने–‘यत्तिकै यसो सिलन्यास गर्यो, केही–केही खाँवा गाड्यो अनि उद्घाटन भईहाल्छ ?’

केपी ओलीलाई खाली नाम राख्ने हतारो मात्रैले धरहरा उद्घाटन भएको उनको भनाई छ। यसैगरी प्लानिङ्ग र स्रोत विनानै सडक र अस्पताल सिलन्यास गरेर वा–वाही वटुलेको उनको आरोप छ। ‘वालुवाटारवाट सुईच थिचेर सयौं सडकहरु, जस्को न डिपीआर भएको छ, न स्रोत छ, न त्यसको लागि वजेट छुट्याउने काम भएको छ। त्यस्ता सडकहरु वहाँले शिलन्यास गर्नुभो। सिलन्यास मात्र गरेर हुन्छ ? नाम मात्रको लागि। वहाँका सवै विकास योजना त्यस्तै’ उनले थपे–‘अस्पताल सवै निर्वाचन क्षेत्रमा वनाउने भनेर भन्नुभो वहाँले। त्यो पनि वालुवाटारवाट शिलन्यास। तिनिहरुको लागि अहिलेसम्म पनि न वजेट छ, न डिपीआर छ। न त्यस्को प्लानिङ  छ, न योजना छ। केही पनि छैन। अनि यो सवै हवाई विकास क्या, हावाको विकास।’

ओलीले खाली गफ चुटेर सर्वसाधारणलाई भ्रममा पारेको उनले वताए । ‘वहाँले पानी जहाजको कुरा, कहाँ आयो पानी जहाज खै ? रेलको कुराहरु खै रेल ? अनि त्यस्तो खालको गफ गरेर हुन्छ?’ उनले भने–‘घर–घरमा, चुलामा चै ग्यास चुलो ल्याई दिन्छु भनेको होईन, राजधानीमै ल्याउन सक्नु भएन वहाँले, आफनै घरमा ल्याउन सक्नु भएन ।’

चीनसँग भएको पारवाहन सम्झौता पनि ओलीको नभई चीनको इच्छा अनुसार भएको खनालको भनाई छ। ‘चीन आफै नेपालसँगको सम्वन्धलाई गहिरो वनाउन, त्यस्तलाई ब्यवस्थित वनाउन। नेपाल जसरी अहिले एकदमै दक्षिणमुखि हुन वाध्य भएको छ, त्यो कुरावाट उसलाई मुक्त गर्न चीन आफै लालायित छ’ उनले भने–‘त्यस कारणले गर्दा चीनका राष्ट्रपतिको समेत नेपालमा भ्रमण भयो, वहाँले आएर २० वटा सम्झौतामा हस्ताक्षर गर्नु भयो। त्यही सिलसिलामा पारवाहन सम्झौता पनि भयो । यदि चीन तम्तयार नभएको भए, नेपाललाई सहयोग गर्न तयार नभएको भए त्यो पनि हुने थिएन । त्यो कपी ओलीको वुद्धि र विवेकको आधारमा भएको होईन, वहाँको पालामा भयो, राम्रै कुरा हो। तर, वहाँकै एकदम निजी देन जस्तो गरेर वहाँले नाक फुलाउन खोज्नु भयो भने त्यो यथार्थ होईन।’

सम्झौता भए पनि ओलीले त्यसलाई कार्यान्वयन गर्न नसकेको उनको आरोप छ। ‘सम्झौता त भए, सम्झौताको कार्यान्वयन खै ? केपी ओलीको ४१ महिनाको सरकारको कार्यकालमा के गर्नु भयो ?’ उनले भने –‘त्यस्तै विआरआई सम्झौता भयो चीनसँग। यो विआरआईवाट ट्रान्सहिमालयन कनेक्टिभिटीलाई ब्यापक रुपमा वढाउने भन्ने कुरा भएको छ। चीनयाँ राष्ट्रपति यहाँ आउँदा खेरी वहाँले आफै पनि भन्नु भयो– नेपाललाई अव साच्चै नै अव पारवाहन सन्धी भईसकेपछि नेपाल एउटा भुपरिवेस्टित देशवाट भुजडित देशमा रुपान्तरण हुने कुराहरु भएको छ भनेर वहाले भन्नु भयो। त्यो त राम्रो हो । तर, भुजडित देश वनेर हामीलाई फाईदा खै ? के के भयो त ? त्यसको लागि खै सिमानाका खोल्न सकेको ? के नेपालवाट चिनको भुमी प्रयोग गरेर हामी समुन्द्रतिर जान सक्यौ त ? सकेका छैनौ। त्यसका लागि त तयारी गर्नु पर्यो नी त ?’

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरेर राष्ट्रवादी वनेको अयोध्याको कुरा उठाएको लगायतका विषयमा पनि खनालले ओलीको आलोचना नै गरेका छन् । ‘लिम्पियाधुरासहितको जुन नक्सा हो। त्यो नक्सा वनाउनुपर्छ भनेर केन्द्रिय कमिटि (एमालेको) ले कयौ पटक पास गर्यौ । सुनेनन् केपी ओलीले। स्थायी कमिटिले प्रस्ताव पारित गर्यो, केपी ओलीले सुनेनन्। पटक–पटक प्रस्ताव पािरत गर्दा पनि’ उनले थपे–‘अनि सरकारको तेश्रो नीति तथा कार्यक्रम ल्याउँदाखेरी हामीले प्रेसर दिएर त्यो नक्साको कुरा राख्न लगाएको हो । त्यो पनि अन्तिम समयमा वाध्यतावस समावेश गरिएको हो – एक लाईन।’

नक्सा जारी गरेकै आधारमा ओलीलाई राष्ट्रवादी भन्नु मुर्खता हुने उनको भनाई छ। ‘त्यसकारणले ओली एकदम भयंकर देशभक्त आदि इत्यादी भन्ने कुरा जुन मान्छेलाई एकखालको परेको छ, त्यो त पार्टीले गर्यो, पार्टीले गरेपछि वहाँ प्रधानमन्त्री भएको वेलामा ल्याउनु भो। मान्छेलाई के पर्यो भने– वा.. केपी ओलीले ल्यायो भन्ने पर्यो’

केपी ओलीले कात्तिक २०७६ मा सिलन्यास गरिएको नागढुंगा–सिस्नेखोला सुरूङमार्ग पनि आफु प्रधानमन्त्री हुँदा अघि वढेको उनले वताए । ‘सुरुङमार्गको कुरा म प्रधानमन्त्री भएको वेला अगाडि वढेको हो’ लामो भुमिका वान्दै उनले भने–‘म प्रधानमन्त्री वन्दा पहिलो फाईल नै त्यही सहि गरेको हो। केपी ओलीको पालामा केही भएको छैन । डिसिजन त्यहाँवाट भयो, अव सुरुङमार्गको ठोस योजना वनेर कस्ले सिलन्यास गर्छ, कस्ले उद्घाटन गर्छ। त्यो त अलि लामो समय लाग्ने कुरा भो, तर कन्सेप्ट नै ल्याउने कुरा चै मैले ल्याएको हो ।’

झलनाथ खनाल

विशेष