News

प्रचण्डलाई दुर्गा प्रसाईको चुनौतीः एउटै क्षेत्रवाट चुनाव लडौं, हारें भने जिवनभर ड्राईभर वस्छु

प्रचण्डलाई दुर्गा प्रसाईको चुनौतीः एउटै क्षेत्रवाट चुनाव लडौं, हारें भने जिवनभर ड्राईभर वस्छु

मेडिकल ब्यवसायी दुर्गा प्रसाईले प्रचण्ड र शेरवहादुरसँग चुनाव लड्ने र हारे जिवनभर प्रचण्डको ड्राईभर वस्ने भन्दै चुनौती दिएका छन् । देउवा र दाहालले प्यानल वनाएर लडेपनि आफुले चुनाव जित्ने प्रसाईको दावी छ।

एउटा अन्तर्वार्ताका क्रममा प्रसाईले भनेका छन्–‘प्रचण्ड र शेरवहादुर देउवालाई एकापटी राख्नोस, दुर्गा प्रसाईलाई एकापटी उठाउनोस ल। केपी ओली पर्दैन। उनीहरुले भनेको ठाउँमा। म मेरो एजेण्डा लिएर जान्छु, उनीहरु आफनो एजेण्डा लिएर आउन। एकातिर दुई जना, एकतर्फ दुर्गा प्रसाई। हारें भने म जिवनभरी प्रचण्डको ड्राईभर ल। यिनीहरुको अन्तिम हो अव, अव आउने केपी ओली नै हुन ।’

माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यष वावुराम भट्टराईले देश र जनताप्रति गद्धारी गरेको उनको आरोप छ। उनीहरु विरुद्ध अहिले आफैं राजनीतिमा उभिएको उनले वताए । ‘देश दौडाहामा गएर ५ लाख मान्छे म मात्रै एमालेमा प्रवेश गराउँदैछु । मैले त देशको विकासका लागि जनतको अनुहारमा खुसीका लागि कम्युनिष्ट पार्टी एक गराउन पहल गरेको थिए ।’– उनले भने। 

आफु पहिला प्रचण्डसँगै रहेपनि देश र जनतालाई धोका दिएपछि आफुले साथ छोडेको उनले वताए । ‘कांग्रेसको पुछर समातेर प्रचण्ड वैतर्णी तर्छन ? गधाको पुछर समाउनु पर्छकी गाईको ?’ उनले भने–‘केपीको पुछर समाएका भएनी.., प्रचण्ड वैतर्णी तर्थे, कांग्रेसको पुछर समाएका छन् ।’

जनयुद्ध र जनआन्दोलनको मर्म र भावना नै नवुझेको मान्छेका घेरवन्दीमा परेर प्रचण्डले जनयुद्ध सिद्याएको प्रसाईको आरोप छ। ‘जसले जनयुद्ध देखेन, जसले जनआन्दोलन देखेन त्यस्ताको घेरावन्दीमा परेर प्रचण्डले जनयुद्ध सिद्याउनु भयो’ नेता नारायणकाजी श्रेष्ठप्रति लक्षित गर्दै उनले भने–‘हजारौ सहिदको रगत लत्पतिएको जनयुद्ध शेरवहादुर देउवको पैतालमा लगेर चढाउनु भयो, गठवन्धनको सकार वनाएर। राजनीतिमा नैतिकता हुन्छ, आस्था हुन्छ तर प्रचण्डले नैतिकता नै देउवालाई चढाउनु भयो।’

०५२ सालमा जसका कारणले जंगल पस्नु पर्यो, जसले प्रचण्ड–वावुरामको टाउकोको मुल्य तोक्यो सोही पार्टी र त्यसका सभापतिसँग प्रचण्डले आत्मसमर्पण गरेपछि आफुले प्रचण्डको साथ छोडेको पनि प्रसाईले स्पष्ट पारे । ‘०५२ सालमा ४० सुत्रिय माग राखेर शेरवहादुर देउवाका पालामा भुमिगत हुनु भो। शेरवहादुरले नै वावुराम र प्रचण्डको टाउकोको मुल्य ५० लाख तोक्नुभो। ०५८ सालमा शेरवहादुर नै ठिक, कांग्रेस नै ठिक भनेपछि उनीहरुको पछाडि दुर्गा प्रसाई किन लाग्नु पर्ने ?’ उनको प्रश्न छ–‘किन देशको भौतिक संरचना वम र वारुदले उडाईयो ? किन पचासौ हजार मान्छेलाई घाईते वनाईयो ?’

वावुराम भट्टराईसँग थप असन्तुष्टि ब्यक्ति गर्दै उनले भने–‘वावुरामसँग मेरो अर्को प्रश्न छ– मधेशवादी दलको नेता हुनुथियो भने किन १७ हजारलाई मार्यौ ? किन वम–वारुदले यो देशको भौतिक संरचना उडायौ ? जनताले अव सोध्नु पर्छ, जनताले अव यिनीहरुलाई थुत्नुपर्छ। किन मधेशवादी दलको नेता भयौ आज ? किन जनयुद्धलाई विचमा छोडेर अलपत्र पार्यौ ? यो देशप्रति गद्धारी हो की होईन ? यो भन्दा गद्धारी अर्को हुन्छ ?’

आफनो र आफना छोराछोरीको सुखसुविधाका लागि गरिव जनता र तिनका छोराछोरीलाई प्रचण्ड–वावुरामले वलि चढाएको भन्दै प्रसाईले आक्रोश ब्यक्त गरे । ‘आफना छोराछोरी लण्डन पढाउने, गरिवका छोराछोरीलाई वन्दुक वोकाउने, वुर्जुवा शिक्षा भनेर। सहादत गराउने । उनीहरुका छोराछोरी पढाउनका लागि गणतन्त्र ल्याएको हो हामीले, हामीले खोजेको गणतन्त्र यस्तो हो ?’ उनले भने–‘हामीले खोजेको तणतन्त्रमा नी.. आज दिनको २५ वटा लाश वक्सामा आउँदैछन, साउदी र कतारवाट । हामीले खोजेको गणतन्त्र यस्तै हो ? यिनीहरुलाई गाडि चढ्न गणतन्त्र ल्याएको हो ?’

जनयुद्ध विसाएर शान्तिपुर्ण राजनीतिमा आएर पनि माओवादी नेताले दुरदराजका नेपाली जनतालाई ढाँटेको, भ्रममा पारेको र उनीहरुका नाममा आफु र आफ्ना सन्ततीको भविष्य सुधारेको प्रसाईको वुझाई छ। ‘हिजो शहिद परिवारलाई के भनेको थियो ? रुकुम र रोल्पाका जनतालाई भोट माग्ने वेलामा के भनेको थियो ? त्यहाँका जनता त उही छन् त, जस्ताको तस्तै छ त । फुलिमै सुकेको सिगान छ त, फाटेका चोली छन् त, फाटेको सुरुवाल छ त, फाटेका फरिया छन् त। खै त उनीहरुीको जिवनस्तर फेरिएको ?’ उनको प्रश्न छ–‘चार जना नेताको जिवस्तर उठेर हुन्छ? त्यसको लागि हो जनयुद्ध हाँकेको ? चार जनाका लागि हो गणतनत्र ल्याएको ?’

त्यत्रो जनयुद्ध हाँकेर आएका प्रचण्डलाई नारायणकाजी श्रेष्ठले सिद्याएको उनको वुझाई छ। ‘नारायणकाजी ३६ सालभन्दा अगाडिको कांग्रेस, त्यहाँवाट मसाल। त्यसपछि अव माओवादीको ठुलो क्रान्तिकारी नेता। सिद्धियो त प्रचण्डको अव के छ ?’ उनले थपे–‘कहिले सुसाईड गर्छु भन्छन्, कहिले प्रचण्ड यो युगमा अर्को जन्मिदैन भन्छन् । जन्मिदैन त, अव अर्को दुर्गा प्रसाई जन्मिन्छ। मान्छे मरेपछि त्यहि मान्छे कहाँ जन्मिन्छ ?’

दुर्गा प्रसाई पुस्पकमल दाहाल ‘प्रचण्ड’

विशेष