News विदेश

राष्ट्रपतिको अपमान गरेको भन्दै उत्तर कोरियामा छालाको कोट लगाउन प्रतिवन्ध

राष्ट्रपतिको अपमान गरेको भन्दै उत्तर कोरियामा छालाको कोट लगाउन प्रतिवन्ध

उत्तर कोरियामा सर्वसाधारणका लागि छालाको कोट प्रतिवन्ध गरिएको छ। छालाको कोट राष्ट्रपति किम जोङ उनको प्रिय पहिरन हो ।

राष्ट्रपतिको पहिरन अरूले लगाएर अपमान नगरून् भन्ने उदेश्यले सर्वसाधारणका लागि प्रतिबन्ध लगाइएको हो । सन् २०१९ मा किमले छालाको कोट लगाएपछि उत्तर कोरियाका सम्भ्रान्तहरूले त्यस्तै कोट लगाउन थालेका थिए । उनीहरूले सक्कली छालाको कोट लगाएका थिए । 

तर त्यसैको सिको गर्दै अरूले पनि सस्तो नक्कली कोट लगाउन थालेपछि प्रहरी खटाएर त्यस्तो कोट बेच्न रोकिएको छ । किमको पहिरनलाई मानिसहरूले सस्तो सामान किनेर अपमान गरेको अनि उनको शक्तिको अवमूल्यन गरेको निष्कर्ष सरकारले निकालेको छ । 

नक्कली छालाको कोट गत सेप्टेम्बर महिनादेखि बेच्न थालिएको थियो । कोभिडका कारण लगाइएको प्रतिबन्ध खुकुलो बनाइएपश्चात् चीन र उत्तर कोरियाको सीमा खोलिएपछि कोटहरू उत्तरको बजारमा कोट भेटिन थालेको हो । 
 

उत्तर कोरिया किम जोङ उन

विशेष