News

बालिका वलात्कारका आरोपी एमालेको सचिवका दावेदार

बालिका वलात्कारका आरोपी एमालेको सचिवका दावेदार

वलात्कारको आरोप खेपिरहेका एमाले पोलिटव्युरो सदस्य एवं प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईले एमालेको सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

१०औँ महाधिवेशनमा सहभागी हुन बिहीबार भरतपुर पुगेका राईले सचिवमा उम्मेदवारी दिनेगरी तयारी गरेको वताए । एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट राई पोलिटव्युरो सदस्यमा निर्वाचित भएका हुन् ।

‘यसपटक राष्ट्रिय महाधिवेशनमा आफूलाई सबैभन्दा कान्छो पदाधिकारीको रूपमा प्रस्तुत गर्ने निधो गरेको छु’ उनले भने–‘त्यो भनेको हामीले विधान महाधिवेशनमा सात जना सचिवको व्यवस्था गरेका छौँ । त्यो सातमध्ये एउटा सचिवमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने तयारी गरेको छु।’

एमाले महाधिवेशन भोलिदेखि चितवनमा सुरु हुन लागेको छ। एमालेले यसअघि विधान अधिवेशन गरिसकेको छ । नयाँ नेतृत्वका लागि राष्ट्रिय महाधिवेशन गर्न लागेको हो । एमालेले यसपटक महाधिवेशनलाई एकता र सहमतिको महाधिवेशनका रूपमा सम्पन्न गर्ने संकल्प गरेको उनले बताए । 

राई विरुद्ध वालिका खड्काले वलात्कारको आरोप लगाउँदै आएकी छिन् । राईकै कारण आफनो संगठित सदस्यता समेत नविकरण नभएको उनको आरोप छ।
 

शेरधन राई बालिका खड्का

विशेष