News Breaking News मुख्य समाचार राजनीति

पाकिस्तान प्रायोजित आक्रमणविरुद्ध माइतीघरमा चर्को विराध गर्दै नाराबाजी

पाकिस्तान प्रायोजित आक्रमणविरुद्ध माइतीघरमा चर्को विराध गर्दै नाराबाजी

काठमाडौं – पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौं माइतीमा विरोध प्रदर्शन गरिएको छ। स्वतन्त्र युवा समूहले शुक्रबार मुम्बई आक्रमणको १३ वर्ष पुगेको अवसरमा माइतीमार उपस्थित हुँदा पाकिस्तानको चर्को विरोध गरेको हो।

करिब सय जना युवाहरुको उपस्थितिमा पाकिस्तान प्रायोजित आक्रमणविरुद्ध माइतीघरमा चर्को विराध गर्दै नाराबाजी गरिएको हो। उनीहरुले मुम्बई हमलाको योजनाकार पाकिस्तान मुर्दावाद, निर्दोष हत्यारा पाकिस्तान मुर्दावाद भन्दै नाराबाजी गरेका हुन्।

सन् २००८ को नोभेम्बर ११ मा पाकिस्तान प्रायोजिक आतंकवादी संगठनहरु लस्कर इ तैयबा र इस्लामिस्ट समूहले श्रृंखलाबद्ध आक्रमण गरेको थियो।

उक्त आक्रमणको विश्वभरबाट चर्को विरोध भएको थियो। पाकिस्तान समर्थित आतंकवादी संगठनले गरेको हमलामा १७५ जना सर्वसाधारण र नौ जना आक्रमणकारीहरुको मृत्यु भएको थियो भने ३०० भन्दा बढी घाइते भएका थिए। मुम्बईका विभिन्न आठवटा स्थानमा विस्फोट गराइएको थिया।

 

mubai.jpeg

विशेष