‘राष्ट्रिय सुरक्षाको सन्दर्भ र २६/११ को मुम्बई हमला’ बिषयक परिचर्चामा प्रस्तुत कार्यपत्र
प्रस्तुतकर्ता : अनिल तिवारी
नेपालको राष्ट्रिय सुरक्षाको सन्दर्भ र २६/११ को मुम्बई हमला विषयक कार्यक्रका अध्यक्ष महोदय, प्रमुख अतिथिज्यू ,मंचासिन अतिथीगण, सभागारमा उपस्थित सम्मानिय व्यक्तित्वहरु सादर नमस्कार ।
राष्ट्रिय सुरक्षाको अवधारणाको विकास सन् १९४५ मा संयुक्त राष्ट्र संघको स्थापना पश्चात भएको हो । सन् १९४७ मा अमेरिकामा राष्ट्रिय सुरक्षा परिषद् ऐन जारी भएपछि संसार भर यस अवधारणाको विस्तार भएको देखिन्छ । राष्ट्रिय सुरक्षा वहुआयामिक विषय र दिगो शान्तिको आधारशीला पनि हो ।
कुनै पनि मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षा एवं नागरिकहरु बीच पारस्परिक सद्भावको प्रवद्र्धन, मानव अधिकारको प्रत्याभूति, डर, त्रास र भय मुक्त जीवनको सुनिश्चितता नै राष्ट्रिय सुरक्षा हो । परम्परागत अवधारणा अनुसार वाह्य आक्रमणबाट मुलुकको भौगोलिक सीमा र सार्वभौमसत्ताको रक्षा एवं नागरिकको जिउ धनको सुरक्षा नै राष्ट्रिय सुरक्षा पनि हो । सन् १९७० को दशकमा राष्ट्रिय सुरक्षाको मानव केन्द्रित अवधारणाको विकास भएको पाइन्छ । मानव सुरक्षा व्यक्तिको भौतिक र मनोवैज्ञानिक पक्षको सुरक्षासँग सम्वन्धित छ ।
नेपालको राष्ट्रिय सुरक्षा व्यवस्थापनको उद्देश्य
- सार्वभौमसत्ता, भौगोलिक अखण्डता एवं स्वाधिनताको रक्षा गर्नु
- सीमा सुरक्षा र सीमा विवाद समाधान गर्ने
- सुरक्षा निकायको सुदृढीकरण
- जनताको जिउ धनको सुरक्षा
- लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र प्रवद्र्धन
- मानव अधिकार, स्वतन्त्रता र समानताको संरक्षण
- संविधान प्रदत्त मौलिक हकको उपभोगको सुनिश्चितता
- सामाजिक साँस्कृतिक विविधताको व्यवस्थापन र राष्ट्रिय एकताको प्रवद्र्धन
- छिमेकी मुलुकहरुसँग सौहार्दपूर्ण कुटनीतिक सम्बन्धको स्थापना
- विपद् जोखिम न्यूनीकरण
राष्ट्रिय सुरक्षाका क्षेत्रहरु
राष्ट्रलाई वाह्य आक्रमणबाट प्रतिरक्षा गर्ने र राष्ट्रको भौगोलिक अखण्डता र सार्वभौम सत्ताको संरक्षण गर्ने सवालमा सैन्य सुरक्षा नै महत्वपूर्ण हुन्छ । तथापि, मुलुकको आन्तरिक सुरक्षाको सुदृढीकरण बिना समग्र राष्ट्रिय सुरक्षा व्यवस्थाको दिगोपनाको सुनिश्चितता कायम गर्न सकिदैन । तसर्थ राष्ट्रिय सुरक्षाका क्षेत्र अन्तर्गत सैन्य सुरक्षाका अतिरिक्त मानव सुरक्षाका आर्थिक, सामाजिक, राजनीतिक, कुटनीतिक, वातावरणीय लगायत खाद्य एवं ऊर्जा सुरक्षाका क्षेत्र समेत पर्दछन् ।
सैन्य सुरक्षा, सीमा सुरक्षा, आन्तरिक सुरुक्षा (नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग) आर्थिक सुरक्षा, सामाजिक सुरक्षा, राजनीतिक सुरक्षा, वातावरणीय सुरक्षा, खाद्य सुरक्षा, ऊर्जा सुरक्षा ।
साझा र प्रमुख चुनौतीहरु
लागु औषध उत्पादन, उपयोग र ओसारपसार नियन्त्रण, विद्युतीय अपराध नियन्त्रण, साम्प्रदायिक द्वन्दको नियन्त्रण, औद्योगिक सुरक्षा, गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुनिश्चितता समेत राष्ट्रिय सुरक्षाका क्षेत्र अन्तर्गत पर्दछन । सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप, शरणार्थी व्यवस्थापन, अध्यागमन नियमन, लागुऔषध नियन्त्रण, मानव बेचविखन नियन्त्रण, सम्पत्ती शुद्धिकरण नियन्त्रण, वित्तीय अपराध, विद्युतीय अपराधको नियन्त्रण, पर्याप्त ऊर्जाको उपभोगको सुनिश्चितता, गरिबी र भोकको उन्मूलन, संगठित अपराधको नियन्त्रण लगायतका सुरक्षा चुनौतीहरु विद्यमान छन ।
धार्मिक अतिवादबाट प्रभावित र वाह्य आतंकवादी संगठनहरुबाट भारतमा पनि ठूला घटना भएका छन । दशकको सबैभन्दा चर्चित आतंकको दृष्टान्त नै नोभेम्बर २६, २००८ को मुम्बई हमला थियो । पाकिस्तानबाट डुंगामा आएका १० जना लस्कर ए तइबा समूहसँग आबद्ध आतंकवादीले रेलवे स्टेशन, होटल, सामाजिक संस्था, सिनेमा हल, अस्पताल र रेस्टुरेन्टमा हमला गरेर १६४ जनाको ज्यान लिए । ९ जना आतंकवादी मारिए भने एकजना आंतककारी अजमल कसाब समातिए । पछि उनलाई फाँसी दिइयो ।
भविष्यका सम्भावित चुनौतीहरु
वैश्विक राजनीतिको परिवर्तित धु्रविकरण एशियामा केन्द्रित हुँदै गईरहेको छ । यस सन्दर्भमा सुरक्षा चुनौती बढने सम्भावनालाई नकार्न सकिदैन । अफगानिस्तानमा आंतकवादी संगठनले नै राज्यमाथि कब्जा गरेकोले पुरा विश्व चिन्तित छ । नेपालबाट भटकल र टुन्डा जस्ता आतंवादी पक्राउ पर्नु र पाकिस्तानबाट नियोजित आदापुर—छौडादानोमा रेल उडाउने जस्ता आतंकवादी योजना बारा जिल्लाकै भूमिबाट समसुलको समुहले लागु गर्न खोज्नु सुरक्षाको लागि ठूलो चुनौतीको रुपमा हेर्नुपर्छ । त्यसबाहेक देशमा चलीरहेको धार्मिक अतिवाद र अन्तराष्ट्रिय अपराधिक संजालसँग जोडिएका थप गतिविधिहरु पनि छन् ।
१. नेपालमा कुनै पनि देशको नागरिक सहजै आउने चलन बढेको छ । त्यसमाथि खुला सिमाना र कमजोर सुरक्षा व्यवस्थाका कारण बेला–बेलामा घुसपैठ हुने गरेको छ ।
२. भारतको लागि आंतकवादी चुनौतीको रूपमा रहेको देश पाकिस्तानले नेपाली भूमी, नाका मार्फत भारत विरोधी कार्य गर्न नेपालका विभिन्न धार्मिक तथा आपराधिक संगनहरुलाई प्रयोग गर्नु ।
३.आतंकवादलाई अन्तराष्ट्रिय संजालमा मलजल पुर्याउने हुण्डीको कारोबार, हतियार ओसार पसार, भारतीय जाली नोटको कारोबार, सुन तस्करी, लागुपर्दाथ जस्तै अफिम, चरेश, स्मैकको ओसार–पसार एवं मानव तस्करी लगायतको अवैध कारोवारमा बढोत्तरी हुनु ।
४.म्यानमारको रोहिंग्या, बङ्गलादेश, अफगानिस्तानलगायतका आतंकवाद प्रभावित मुलुकबाट अनाधिकृत रूपमा शरणार्थी वा अन्य आवरणमा नेपालमा घुसपैठ तथा प्रवेश हुनु ।
५.धार्मिक अतिवाद वाढावाका लागि अप्रत्यासित रुपमा बढिरहेका वैदेशिक लगानीमा सञ्चालित सामाजिक संस्थाहरुमा आएको अप्रत्याशित बढोत्तरीले पनि राष्ट्रिय सुरक्षा चुनौती दिन्छ ।
६.फेसबुक, ट्वीटर जस्ता संजालबाट नेपाली युवालाई दिग्भ्रमित गर्ने काम योजनागत रुपमा संचालन हुनु । लभ जेहाद र नवीनतम प्रविधि, साइबर अपराध, विश्वव्यापीकरण आदि विषयहरू समेत आउँदो दशकमा नेपालका लागि प्रमुख सुरक्षा चुनौतीका रूपमा अगाडि आउने निश्चित नै छन् ।
७. आउने सबैभन्दा ठूलो चुनौती हिन्दु युवाहरुलाई धर्म परिवर्तन गराएर धार्मिक अतिवादमा लगाउनु ।
राष्ट्रिय सुरक्षा सरकार, सुरक्षा निकायको चासोको विषय मात्र नभई प्रतिपक्ष सहित सम्पूर्ण नेपाली जनताको चासोको विषय हो । नेपालको भौगोलिक अवस्थितिले गर्दा पनि यसको सवालमा सम्पूर्ण नेपाली एकमत हुनुपर्ने बाध्यात्मक परिस्थिति रहेको छ । अन्यथा हाम्रो राष्ट्रिय सुरक्षा धरापमा पर्न सक्ने खतरा छ । राजनीतिक समझदारीको विकास, राष्ट्रिय स्वार्थको विषयम साझा राजनीतिक दृष्टिकोण तथा स्रोत साधनको समन्यायिक वितरण र विद्यमान विविधताको व्यवस्थापन मार्फत राष्ट्रिय एकताको प्रवद्र्धनले नै राष्ट्रिय सुरक्षाको चुनौतीहरुलाई परास्त गर्न सकिन्छ ।
नेपालको राष्ट्रिय सुरक्षा व्यवस्थापन
नेपाल एकिकरण पश्चात पृथ्वी नारायण शाहको दिव्योपदेशलाई शिरोधार्य गरेर नेपालको राष्ट्रिय सुक्षा नीति अवलम्बन गरिएको थियो । वि.सं. २०४२ मा राष्ट्रिय मूल नीति २०४२ निर्माण गरी राष्ट्रिय सुरक्षा व्यवस्थापन गरियो । २०४७ सालको संविधानमा पहिलो पटक संवैधानिक रुपमा राष्ट्रिय सुरक्षा परिषद् रहने व्यवस्था गरी २०५८ सालमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय स्थापना गरिएको थियो ।
हाल राष्ट्रिय सुरक्षा नीति, २०७३ जारी गरिएको छ । उक्त नीतिले नेपालको राष्ट्रियता र हितको सुरक्षा, नागरिक स्वतन्त्रताको सुरक्षा, आर्थिक सुरक्षा, राज्य व्यवस्थाको सुरक्षा, विज्ञान, प्रविधि र सूचनाको सुरक्षा एवं पर्यावरणीय सुरक्षालाई प्राथमिकतामा राखेको छ । नेपालको राष्ट्रिय सुरक्षा संयुक्त राष्ट्र संघको बडापत्र, पञ्चशीलको सिद्धान्त र अन्तर्राष्ट्रिय सन्धी सम्झौताबाट निर्देशित रहेको छ ।
अन्त्यमा, राष्ट्रिय सुरक्षाको जस्तो अति महत्वको बिषयमा मैले प्रस्तुत गरेको कार्यपत्रमा केहि त्रुटी भएको भए क्षमायाचना गर्दछु । साथै राष्ट्रिय एकता अभियानले मलाई नेपालको राष्ट्रिय सुुरक्षा र २६÷११ मुम्बई हमलाको विषयमा कार्यपत्र प्रस्तुत गर्ने मौका दिएकोमा धेरै आभार प्रकट गर्दछु । आतंकवादको सूचकको रुपमा रहेको धार्मिक अतिवाद र अन्र्तराष्ट्रिय आपराधिक गिरोह सक्रियता पूर्ण रुपमा फैलिसकेको छ । आतंकवाद देशमा प्रवेश गर्नु अघि नै सावधानी अपनाऔं । राष्ट्रिय सुरक्षामा गम्भिर बनौं ।
धन्यवाद
आयोजनकः राष्ट्रीय एकता अभियान, पर्सा