News

ओलीले भने– मिचिएको जमिन फिर्ता नलिएसम्म हामीलाई हेपिएको अनुभूति भइरहन्छ

ओलीले भने– मिचिएको जमिन फिर्ता नलिएसम्म हामीलाई हेपिएको अनुभूति भइरहन्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि एमालेले नेतृत्वदायी भूमिका निर्वाह गरेको चर्चा गर्दै जल, स्थल र आकाश गरी तीनै क्षेत्रमा आफु नेतृत्वको सरकारले विकासको जग बसालेको दाबी गरे ।

चितवनमा आयोजित पार्टीको दसौँ महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले तुइन विस्थापित गर्नेदेखि लिएर भूकम्पले ध्वस्त पारेका संरचना पुनर्निर्माण गर्नेसम्मका काम आफ्नो नेतृत्वको सरकारले गरेको बताए ।

आफुनो नेतृत्वको सरकारले पहिलो पटक अन्तरिक्षमा देशको स्याटेलाइट पठाएको उल्लेख गर्दै उनले भने, ‘भूपरिवेष्ठित मुलुकको रूपमा रहेको नेपाललाई भूजडित नेपालको अवस्थामा हामीले पु¥याएका छौँ ।’

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरिएको प्रसंग उठाउँदै उनले त्यहाँको जमिन संवादका माध्यमबाट फिर्ता लिनुपर्ने बताए। नेपालले सबै छिमेकी राष्ट्रहरूसँग सहकार्य गरेर, समदूरी कायम राखेर अघि बढ्न चाहेको उनको भनाई छ।

‘लिम्पियाधुरा लिपुलेक र कालापानीको हाम्रो भूगोल हामी नेपालको नक्सामा समेटेका छौँ । त्यसलाई संविधानको अंग बनाएका छौँ । तर, त्यो जमिन हामीले फिर्ता लिनुपर्नेछ,’ उनले भने, ‘हामी छिमेकीसँग संवादको माध्यमबाट त्यो जमिन फिर्ता लिनेछौँ । फिर्ता नलिएसम्म हामीलाई दबिएको, हेपिएको भन्ने अनुभूति भइरहन्छ । त्यसैले हामी त्यो जमिन फिर्ता लिएर हामी वास्तविक मित्रता, वास्तविक छिमेकीको सम्बन्ध कायम गर्न चाहन्छौँ ।’
 

केपी शर्मा ओली

विशेष