News

एमाले महाधिवेशनः चितवनमा मासु र मदिराको माग वढ्यो

एमाले महाधिवेशनः चितवनमा मासु र मदिराको माग वढ्यो

नेकपा एमालेको दशौं महाधिवेशनका कारण चितवन क्षेत्रमा मदिरा र मासुको माग वढेको छ। महाधिवेशनमा आएका सहभागिहरुको उपस्थितीका कारण अन्य क्षेत्रसँगै मदिरा र मासुको विक्रि वढेको ब्यवसायीहरु वताउँछन् ।

मंसिर १२ सम्म सञ्चालन हुने एमालको महाधिवेशन आज नारायणगढस्थित नारायणी नदी किनारमा उद्घाटन भएको छ । बन्दसत्र सौराहामा हुँदैछ ।

महाधिवेशन प्रतिनिधिका रुपमा १९ सय ९९ सहभागी  छन् । केन्द्रीय कमिटी, आयोग सहितका २ हजार जना प्रतिनिधि सहभागी भएको महाधिवेशनमा एमालेले ५ लाख मानिस उतार्ने वताएको थियो । सहभागिहरुको उपस्थिती खचाखच छ।

महाधिबेशनमा १७ हजार क्वीन्टलसम्म मासु खपत हुने सौराहाका व्यवसायीको अनुमान गरेका थिए । दैनिक ३ हजार क्वीन्टलसम्म मासु खपत हुने गरेको सौराहामा तोकिएको समयमा सकिए महाधिवेशनको समयमा मात्र १७ हजार क्वीन्टल खपत हुने अनुमान गरिएको थियो । तर, अनुमान गरेभन्दा दोब्बर भन्दा वढि मासु खपत भईरहेको एक ब्यवसायीले वताए ।

महाधिवेशन अवधिभर करिव एक करोड रूपैयाँभन्दा बढीको मदिरा बिक्री हुने अनुमान गरेका ब्यवसायीहरु मदिरा विक्रिको अवस्था हेर्दा तीन छक्क परको छन् । तुलनात्मक रुपमा मदिराको माग पनि अत्याधिक वढेको छ। ‘सस्ता र स्वदेशी मदिरको तुलनामा विदेशी र महंगो व्राण्डका मदिराको खपत वढेको छ’ ब्यवसायी भन्छन्–‘यस्तै अवस्था रह्यो भने अन्तिम दिनसम्म चितवनमा मदिरा नै नपाउने अवस्था आउन सक्छ।’

महाधिवेशन सुरु भएपछि रेड लेभल, ब्ल्याक लेभल, ज्याक डेनियल, सिभास रिगल, भ्याट ६९ लगायतका मदिराको माग वढेको ब्यवसायीहरु वताउँछन् । महंगो मुल्यका मदिरा प्राय सिमित होटलहरुले मात्रै राख्ने भएकाले यसको अभाव समेत सुरु भएको उनीहरुको भनाई छ।

नेकपा एमाले मासु र मदिरा

विशेष