News

सर्वोच्चका श्रीमान श्रेष्ठको आडमा यी महिलाले दिईन पत्रकारलाई ज्यान मार्ने धम्की ! 

सर्वोच्चका श्रीमान श्रेष्ठको आडमा यी महिलाले दिईन पत्रकारलाई ज्यान मार्ने धम्की ! 

केही समय अघि बाँसवारीकी दीपा केसी कुँवर नामकी एक महिला एकाएक चर्चामा आईन। आफुलाई पुर्वप्रधानमन्त्री एवम् जसपाका संघीय परिषद अध्यक्ष वावुराम भट्टराईकी प्रेमीका वताउँने ती महिला चर्चामा आउनुको कारण वने –पूर्वमन्त्री प्रभु साह।

ती महिलाले पूर्वमन्त्री साहमाथि २० लाख लिएर फिर्ता नगरेको आरोप लगाउँदै उनको निवासमा होहल्ला मच्चाईन। छोरालाई क्यानडा पठाईदिने भन्दै ३० लाख लगेकोमा १० लाख फिर्ता गरेको र अरु पैसा फिर्ता गर्न बाँकी रहेको कुँवरको आरोप थियो।

सोही आरोपसहित साहको निवासमा होहल्ला गरिरहेका वेला उनलाई प्रहरीले पक्राउ गर्यो । तर, कुनै अनुसन्धान नै गर्न नपाई प्रहरीले ति महिलालाई छोड्न वाध्य भयो । त्यसको कारण थिए–सर्वोच्च अदालतका न्यायाधीश बम कुमार श्रेष्ठ। श्रेष्ठको ठाडो आदेशमा प्रहरी वृत्त, बानेश्वरले ती महिलालाई हिरासतबाट मुक्त गर्यो। 

यायाधिश श्रेष्ठले बानेश्वर प्रहरी वृत्तका डिएसपी मिन लामालाई फोन गरेर ती महिलालाई छोड्न दवाव दिएका थिए । न्यायाधिश श्रेष्ठले ती महिलालाई छोड्न दवाव दिएको विषयमा समाचार सार्वजनिक भएपछि सर्वोच्च अदालतले विज्ञप्ति नै जारी गरेर आपत्ति जनायो। समाचारमा सत्यता नभएको र न्यायपालिकाको स्वच्छता एवम् न्यायाधिशको मर्यादामा प्रतिकुल प्रभाव पर्ने गरी अतिरन्जित एमव भ्रामक समाचार प्रकाशित भएको जनायो । 

तर, वानेश्वर प्रहरीका डिएसपी लामाले भने घुमाउरो पारामा न्यायाधिशको दवाव परेको स्विकार गरेका थिए । यही क्रममा न्यायाधिश र महिलाको सम्वन्ध सार्वजनिक भएको हो । न्यायाधीश श्रेष्ठ र कुँवरको सम्बन्ध रहस्यमय छ।

जानकारी अनुसार पछिल्लो समय उनै श्रीमानको आडमा कुँवरले मानिसलाई काट्ने मार्नेसम्मको धम्की दिन थोलेकी छिन । उनकै आडमा कुँवरले प्रहरीदेखि पत्रकारसम्मलाई धम्की दिने गरेकी छिन।

प्रभु साहलाई वद्नाम गराउन खोजे र न्यायाधिशको फोनपछि प्रहरीले मुक्त गरेको विषयमा समाचार सार्वजनिक भएपछि उनले फोन गरेर नेपाल आजकै एक जना सहकर्मीलाई ज्यान मार्ने धम्की दिएकी छिन् । कुँवरले ज्यान मार्ने धम्की दिएको प्रमाण कानुनी रुपमा आवश्यक्ता परे पेश गर्ने गरी नेपाल आजले सुरक्षित राखेको छ। 

उनले पूर्वमन्त्री साहलाई तथानाम गालिन गरिन। मधेशी समुदायको भएकै कारण उनले साहलाई अपशब्द प्रयोग गरी गाली वेईजती गरेको ती सहकर्मी पत्रकारले जानकारी दिए । उनले पत्रकारलाई प्रभु साहबाट पैसा खाएको अरोप लगाईन ।

यो पनि

वावुरामको प्रेमिका वताउने महिला जाई लागिन प्रभु साह विरुद्ध

प्रभु साह दीपा केसी कुँवर ज्यान मार्ने धम्की

विशेष