News राजनीति

महामन्त्री सशांक कोईरालाको निर्देशनमा जिल्ला सभापति र मतदान अधिकृतले नै विथोले रौतहटको कांग्रेस अधिवेशन

महामन्त्री सशांक कोईरालाको निर्देशनमा जिल्ला सभापति र मतदान अधिकृतले नै विथोले रौतहटको कांग्रेस अधिवेशन

नेपाली कांग्रेसको जारी अधिवेशमा आन्तरिक प्रतिस्पर्धा पनि गैरराजनीतिक रुपमा अघि वढिरहेको छ। प्रधानमन्त्री शेरवहादुर देउवा र गृहमन्त्री वालकृष्ण खाँड पक्षले इतर समुहलाई सिद्याउन राज्यश्रोतको दुरुपयोग गरिरहेको आरोप लागिरहेका छन् ।

यही आरोपलाई पुष्टि गर्ने गरी प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा प्रहरीले गोली  नै चलायो । मतगणनाको क्रममा पौडेल–सिटौला पक्षका उम्मेदवार विजयी हुन थालेपछि देउवासमुहले प्रहरीको सहारा लिएर निर्वाचन विथोलेको आरोप छ।

अर्कोतर्फ महामन्त्री शशांक कोईरालाको ठाडो निर्देशनमा रौतहट जिल्लाको कांग्रेस राजनीति विवादित वनाईएको छ। सोही विवादका कारण ६ मंसिरमा सम्पन्न हुनुपर्ने क्षेत्रीय अधिवेशन अझै सम्पन्न हुन सकेको छैन।

विवादकै कारण रौतहट क्षेत्र नं. ४ को क्षेत्रिय अधिवेशन अवरुद्ध भएको छ। कांग्रेस नेता÷कार्यकर्ताहरुका अनुसार चन्द्रपुर नगरपालिका ५ वाट क्षेत्रिय प्रतिनिधि हारेका रविनचन्द्र कोईराला (२२७) लाई क्षेत्रिय प्रतिनिधि वनाउन क्षेत्र नं. ४ को अधिवेशन विवादित वनाईएको छ। यो षडयन्त्रमा कांग्रेसका जिल्ला सभापति कृष्णा यादव, मतदान अधिकृत दिपक रेग्मीलगायतको समेत संलग्नता रहेको असन्तुष्ट नेता÷कार्यकर्ताहरुले वताए । 

रविनचन्द्र कोईराला वरिष्ठ नेता रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलका क्लासमेट हुन । उनी चन्द्रपुरवाछट प्रतिनिधिमा हारेपछि महामन्त्री शशांक कोईरालाको ठाडो निर्देशनमा उनलाई वृन्दावन– २ बाट क्षेत्रीय प्रतिनिधि वनाईएको छ। कोईरालालाई प्रतिनिधि वनाउन देउवा, पौडेल, कोइराला सवै पक्ष एक देखिएका छन् ।

यही षडयन्त्र अन्तर्गत रौतहट –४(ख) मा २७२ क्षेत्रीय प्रतिनिधि मध्ये १५१ ले हस्ताक्षर गरी माग गर्दा समेत निर्वाचन गराउन मतदान अधिकृतले वेवास्ता गर्दै आएका छन् । जिल्ला सभापति यादवकै तजविजनमा खाने, वस्ने गर्दै आएका रेग्मी यादवको योजना अनुसार नै हिडेको कार्यकर्ताको आरोप छ।

मतदान अधिकृत रेग्मीले कृष्णा यादवसँगको मिलेमतोमा वडा अधिवेशनबाट छनौट भैसकेका क्षेत्रीय प्रतिनिधीहरूको नाम सदरमुकाम गौर लगेर हटाउने र किर्ते गरी आफ्नो पक्षका क्षेत्रीय प्रतिनिधिहरूको संख्या बढाउने गरेको समेत उनीहरूले आरोप लगाएका छन् ।

जिल्ला सभापति यादवले भने रौतहटमा अधिवेशनका क्रममा भएका सवै कृयाकलाप सहमतिका आधारमा भईरहेको र विधान अनुसार नै गरिएको दावी गरेका छन् । चन्द्रपुर ५ का रविनचन्द्र कोईरालालाई आफुले नचिनेको र कोही चुनावमा सहभागि भए त्यसलाई रोक्न आफुले नसक्ने पनि उनले वताए ।

मतदान अधिकृत रेग्मीले भने एक पटक पराजित भईसकेको ब्यक्ति अर्को पटक प्रतिनिधि वन्न नपाउने वताए। रविनचन्द्रको विषयमा आफुले पनि जानकारी पाएको वताएका उनले उजुरी परे आफुले त्यस वारेमा छानविन गर्ने प्रतिक्रिया दिए । ‘विवादका विषयमा मैले पनि सुनेको छु, तर त्यसको विषयमा उजुरी परेको छैन’ उनले भने–‘उजुरी पर्यो भने छानविन गरेर विधानको ब्यवस्था अनुसार अगाडि वढ्छु।’ 

रौतहट सशांक कोईराला

विशेष