News

शेरधनले पैसा दिएर बालिकालाई किन्न खोजेको खुलासा

शेरधनले पैसा दिएर बालिकालाई किन्न खोजेको खुलासा

१२ असोज ०७६ मा पूवसभामुख एवम् नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरामाथि संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीलाई जर्वजस्ती करणी गर्ने प्रयास गरेको आरोेप लाग्यो ।

महराले आफ्नो सचिवालयमार्फत् आरोपको खण्डन गरे। तर, उनको खण्डनले काम गरेन, नेकपाको पार्टी सचिवालयको आग्रहपछि उनले असोज १४ गते सभामुख पदबाट राजीनामा दिए। 

१९ असोज अर्थात् महाष्टमीको साँझ महरालाई प्रहरीले सरकारी निवासबाटै पक्राउ गरेर लग्यो। यसै सिलसिमा महराविरुद्ध बलात्कार प्रयास गरेको उजुरी दिएकी महिला स्वयम्ले आफूलाई जबरजस्ती उजुरी गर्न लगाएको भन्दै महराको वचाउमा अर्को निवेदन दिईन। तर, महरा छुटेनन् । कार्तिकको मध्यतिर उनीविरुद्ध जिल्ला अदालत काठमाण्डौंमा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा मुद्दा दर्ता गरियो ।

अन्ततः लामो समयको कारागार वसाईपछि काठमाण्डौं जिल्ला अदालतले उनलाई सफाई दियो । तत्कालीन नेकपा माओवादीबाट दाङ क्षेत्र नं २ बाट संसदीय निर्वाचन जितेका ६० वर्षीय महरा काठमाण्डौ जिल्ला अदालतको ५ फागुन २०७६ को आदेश अनुसार रिहा भए ।

तर, यस्तै प्रकृति अर्को घट्ना भने वर्षौदेखि ओझेलमा परेको छ। आफुमाथि बलात्कार भएको र पार्टीले बलात्कारीलाई वचाई रहेको भन्दै आफुलाई पीडित वताउँने महिला रोईकराई गरिरहेकी छिन्। तर, उनको रोदनको सुनुवाई भएको छैन। न्यायको माग गर्दै उनले राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयदेखि अदालतको ढोका समेत ढक्ढक्याईन, तर आफनो पक्षमा बोलिदिने कोही नभेटेको उनको गुनासो छ।

यसरी, न्यायका लागि भौतारिदै हिड्ने महिला हुन तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री वन्दा उनको सचिवालयमा रहेर काम गरेकी बालिका खड्का। त्यसवेला उनी नेकपा एमालेको भातृ संगठन युवा संघको निर्वाचित केन्द्रीय सदस्य समेत थिईन।

दोलखाको कालिञ्चोक–४ घर भएकी बालिकाले आफुमाथि प्रदेश १ का पूर्वमुख्यमन्त्री एवम् एमालेका नेता शेरधन राईले बलात्कार गरेको आरोप लगाउँदै आएकी छिन् । उनको एकोहोरो कुरा सुन्दा अपत्यारिलो लाग्न सक्छ। तर, उनका आरोपप्रति सम्वन्धित ब्यक्ति र सरोकारवाला क्षेत्रको वेवास्ता अनि न्यायका लागि उनले गरेका प्रयासमा भईरहेका अवरोध र भुमिगत गतिविधि हेर्दा उनका आरोप यथार्थपरक छन भन्नु पर्ने अवस्था छ।

बालिकाले शेरधनलाई वलात्कारको आरोप लगाउँदै पटक–पटक मुख्यमन्त्री कार्यालय धाएकी छिन् । तर, उनलाई भेट्ने वा समस्याको समाधान खोज्ने भन्दा पनि प्रहरी लगाएर पक्राउ गर्ने अनि प्लेन चढाएर काठमाण्डौं पुर्याउने गरिएको छ। स्रोतका अनुसार विराटनगरदेखि काठमाण्डौंसम्मको प्लेन खर्च पनि शेरधनले नै ब्यहोरेका छन् ।

यति गर्दा पनि पार नलागेपछि उनले ४ असोज, ०७७ मा पेरिसडाँडा कोटेश्वरमा रहेको तत्कालिन नेकपाको कार्यालयमा भईरहेको वैठकमै धावा वोलिन। आफूलाई प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईको श्रीमती वताउँदै जर्बजस्ती वैठक स्थलमा प्रवेश गर्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लियो। तर, नत उनलाई कारवाही भयो नत उनको समस्याको सम्वोधन नै भयो। प्रहरीले केही वेरमै उनलाई हिरासत मुक्त गर्यो ।

पछिल्लो समय बालिकाले शेरधनलाई अपशब्द प्रयोग गर्दै सामाजिक सञ्जाल रंगाउन थालेकी छिन् । उनको फेसवुक स्ट्याटसले राईको मानहानी मात्र होईन चरित्र हत्या समेत गरिरहेको छ। तर, यति हुँदा समेत यस विषयमा खोजतलास भएको पाईएको छैन। जानकारहरु भन्छन्–‘यति भएपछि बालिकाको न्यायका लागि नभएपनि शेरधनको इज्जतको रक्षाका लागि भएपनि यो विषयलाई सम्वोधन गर्नु पर्ने हो, समस्यालाई किन गिजोलेर राखिएको हो वुझिनसक्नु छ।’

बालिका खड्का गलत हुन भने उनलाई कारवाही गर्नु पर्ने र यदि उनका आरोप सत्य हुन भने दोशीलाई कारवाही गर्नु पर्ने उनीहरु वताउँछन् । कतिपय अवस्थामा सामान्य विषयलाई समेत अतिरन्जित गर्दै साईवर क्राईमको कुरा गर्ने नेपाल प्रहरी पनि यस विषयमा चुकेको उनीहरुको वुझाई छ। 

अर्कोतर्फ समस्यालाई वैधानिक वाटोवाट सम्वोधन गर्ने भन्दा पनि अवैधानिक वाटोवाट समाधान गर्ने प्रयास गरिएको उनीहरु वताउँछन् । ‘शेरधन मुख्यमन्त्री हुँदा पैसा दिएर बालिकालाई चुप लगाउने प्रयास गरियो। तर, उनले अस्विकार गरिदिएपछि त्यो विषय सेलायो’ स्रोत भन्छ–‘यदि शेरधनको कमजोरी नहुँदो हो त, किन यसरी भुमिगत शैलीमा काम गर्नु पर्यो।’ शेरधनका मान्छेले पैसाको लेनदेन गरेर चुप लगाउन तेस्रो पक्षमार्फत बालिकालाई अफर गरेको स्रोतको दावी छ।

बालिका खड्का शेरधन राई

विशेष