बैंककमा उपचार हुन नसकेपछि माओवादी नेता पुनलाई चीन लगियो
बैंककस्थित समितिभेज अस्पतालले थप उपचार गर्न नसक्ने वताएपछि पूर्व अर्थ तथा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई चीन ललिगएको छ। थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेन लगिएको हो ।
नेता पुन विश्वमै विरलै देखिने जटिल प्रकृतिको जण्डिसले सताएका कारण विगत डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका थिए । पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि थप उपचारका लागि चीन लगिएको जनाईएको छ।
नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला पनि बैंककबाट चीनको सेन्जेन उडेका छन् ।
समितिभेज अस्पतालमा उपचार गरिरहेका चिकित्सकहरुले समेत अब यहाँभन्दा थप उपचार गर्न नसक्ने र स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार नदेखिएकाले उपचारका लागि सेन्जेन लैजान सुझाव दिएका थिए ।
काठमाडौंबाट बैंकक लैजाँदा जण्डिस (बिलरुविन) को तह १८ रहेकोमा उपचारका क्रममा बढेर अहिले २२ पुगेको देखिएको छ । जण्डिससँगै शरीरका अन्य अंगहरुमा पनि त्यसको असर देखिन थालेपछि नेता पुनलाई चीन लैजानु परेको चापागाईंले बताए ।
वर्षमान पुन