News

देश र जनतासँग जोडिएका मूल मुद्दामा समान धारणा आवश्यकः प्रधानमन्त्री

देश र जनतासँग जोडिएका मूल मुद्दामा समान धारणा आवश्यकः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दाहरूमा समान धारणा बनाएर सहकार्य गर्न सवै राजनीतिक दललाई आग्रह गरेका छन् । नेकपा एमालेको दसौं महाधिवेशनलाई शुक्रबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन ।

प्रधानमन्त्री देउवाले भने–‘देश र जनतासँग जोडिएका मूल मुद्दाहरूमा समान धारणा बनाएर सहकार्य गर्नुपर्ने आवश्यक छ।’

राजनीतिक दलहरूबीचमा रहेका नीतिगत विमतीलाई संविधानले तय गरेका विधिमार्फत टुंगो लगाउनुपर्ने उनले बताए। प्रधानमन्त्री देउवाले भने, ‘हामीबीच नीतिगत विषयमा रहेका विषयका विमतिहरूलाई संविधानले निर्धारण गरेका विधिमार्फत टुंगो लगाउने र त्यसलाई हामीले स्वीकार गर्ने पद्धति बसाल्नुपर्छ ।’

नेपालको लोकतान्त्रिक आन्दोलन वामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर बनेको स्मरण गर्दै उनले संविधान संस्थागत गर्ने जिम्मेवारी सबै राजनीतिक दलहरूको भएको पनि बताए । ‘नयाँ संविधानमार्फत लोकतन्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्न जिम्मेवार राजनीतिक दलको रूपमा जिम्मेवार भूमिका निर्वाह गर्न एमालेलाई आग्रह गर्दछु’ उनले भने–‘सरकार र कांग्रेस ती मूल्य र मान्यतामा प्रतिबद्ध छ।’

शेरबहादुर देउवा

विशेष