News

विश्वबाटै कम्युनिष्ट आन्दोलन समाप्त हुँदै गएका बेला नेपालमा बढी नै तीतोपिरो देखियोः चित्रवहादुर केसी

विश्वबाटै कम्युनिष्ट आन्दोलन समाप्त हुँदै गएका बेला नेपालमा बढी नै तीतोपिरो देखियोः चित्रवहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विश्वबाट नै कम्युनिष्ट आन्दोलन समाप्त हुँदै गएका बेलामा नेपालमा कम्युनिष्ट आन्दोलनभित्र सबैभन्दा बढी तीतोपिरो देखिएको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।

नेकपा (एमाले)को १०औं महाधिवेशनमा शुभकामना दिने क्रममा अध्यक्ष केसीले नेपालका कम्युनिष्टहरु प्रति यसरी चिन्ता देखाएका हुनु । ‘विश्वबाट नै कम्युनिष्ट आन्दोलन समाप्त हुँदै गएका बेलामा नेपालमा कम्युनिष्ट आन्दोलनभित्र सबैभन्दा बढी तीतोपिरो छ,’ उनले भने– ‘आफ्नो अन्तरविरोध बाह्य शक्तिलार्ई सुनाएर आफ्नो औकात देखाउनुहुँदैन, नेपाली जनताले हाँसिल गरेको उपलब्धि सबै पार्टीको उपलब्धि हो, उपलब्धि गुमाउने कि अगाडि बढाएर लिएर जाने हाम्रै हातमा छ ।’

अध्यक्ष केसीले राम्रा कामको उपलब्धिको जिम्मेवारी लिने राजनीतिक दलहरूले देशमा देखिएको विभिन्न विकृति र देशका अंगहरुमा देखिएको समस्याको जिम्मेवारी पनि लिनुपर्नेमा जोड दिए। एकले अर्को पार्टीलाई दोष लगाएर देखिएको विकृति पन्छाउन नसकिने उल्लेख गर्दै उनले गल्ती कमीकमजोरीलाई पनि स्वीकार्दै अघि बढ्नुपर्ने बताए।

अन्तरविरोध र एकता चल्दै आएको भन्दै अध्यक्ष केसीले अन्तरविरोध भए पनि देश र राष्ट्रको साथका लागि एक ढिक्का हुनुको विकल्प नभएको बताए । देशको स्वतन्त्रता र राष्ट्रिय अखण्डतामा आँच आउनेगरी कसैले पनि काम गर्न नहुने उनको भनाइ छ । 
 

चित्रबहादुर केसी नेकपा (एमाले)

विशेष