News राजनीति

ओलीको सहमतिको आगोमा घनश्यामले पानी खन्याए

ओलीको सहमतिको आगोमा घनश्यामले पानी खन्याए

केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयनको लागि फुकिरहेको आगोमा उपमहासचिव घनश्याम भुसालले पानी खन्याएका छन्। ओलीले सहमतिका लागि भेटघट र भेटघाट र छलफल गरिरहेका वेला भुसाल भने उपाध्यक्षका लागि भोट माग्न थालेका छन् । उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका भुसालले मत दिन सार्वजनिक अपिल नै गरेका छन्।

ओलीले सहमतिका लागि भेटघट र भेटघाट र छलफल गरिरहेका वेला भुसाल भने उपाध्यक्षका लागि भोट माग्न थालेका छन् । उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका भुसालले मत दिन सार्वजनिक अपिल नै गरेका छन्।

नीति अनुसारको नेतृत्व निर्माणका लागि आफूलाई उपाध्यक्ष पदमा विजयी बनाउन उनले आह्वान गरेका छन् ।

‘दलाल पुँजीको अन्त्य र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गरौं’, भुसालले फेसबुकमा लेखेका छन्, ’सामूहिकता, विधि र विचारसहितको नेकपा एमालेको पुनरोदय गरौँ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मतको प्रयासलाई अध्यक्षका दाबेदार भीम रावल र उपाध्यक्षका दाबेदार भुसालले ‘आफू सर्वसम्मत हुने दाऊ’का रुपमा बुझेका छन्। उनीहरू दुबैले केन्द्रीय समितिबाट पदाधिकारी संख्या थप्ने र केन्द्रीय समितिको संख्या थप्ने निर्णयलाई ओलीको रणनीति भएको निष्कर्ष निकालेका छन्।

ओलीनिकट नेताहरूले भने मनोनयन प्रक्रिया सारेर भए पनि सर्वसम्मतिको प्रयास गरिने बताएका छन्। 

घनश्याम भुसाल

विशेष