News राजनीति

अध्यक्षमा दोहोरिन लागेका ओलीलाई प्रचण्ड र गगनको हमला

अध्यक्षमा दोहोरिन लागेका ओलीलाई प्रचण्ड र गगनको हमला

दशौं महाधिवेशनवाट केपी शर्मा ओली पुनः अध्यक्षमा सर्वसम्मत दोहोरिने प्रयास गरिरहेका वेला उनी विरुद्ध चौतर्फी हमला भईरहेको । पार्टी वाहिरवाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका नेता गगन थापा तथा पार्टी भित्रैवाट भिम रावल, घनश्याम भुसाल लगायतका नेताले उनलाई हमला गरिरहेका छन् ।

भिम रावलले ओली विरुद्ध अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै अधिवेशनको वन्द शत्रमै भोट माग्न सुरु गरिसकेका छन् भने भुसालले ओलीलाई षडयन्त्रकारीको संज्ञा दिदै उनले सुरु गरेको सहमतिको प्रयास असफल वनाउन प्रयास गरिरहेका छन् । उनले उपाध्यक्ष पदका लागि भोट मागिरहेका छन् ।

अर्कोतिर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली विरुद्ध अभिब्यक्ति दिन छोडेका छैनन् । नेकपा एकताको सहमति तोडेर ओली गुट बाहिर गएपछि समस्या सुरु भएको बताए।

उनले माओवादी र एमालेमा तुलनै नहुने जिकिर गरको छन् । ‘माओवादी त्याग, तपस्या, वीरता र बलिदानले भरिपूर्ण छ। विचार र प्रवृत्ति पनि क्रान्तिकारी छ’, उनले थपे, ‘यस बीचमा क्रान्तिकारी सक्रिय हुनुपर्ने हो। जति सक्रिय र व्यवस्थित हुन सकिएन। अब सक्रिय हुनुपर्छ।’

एमालेको तथाकथित अधिवेशनसँग आफुहरुको तुलनै हुन नसक्ने उनको भनाई छ।

यसैगरी नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा एमालेको महाधिवेशनका नाममा चितवनको नारायणी किनारमा ‘ओलीवेशन’ भइरहेको बताएका छन् । ‘त्यहाँ सबै बा’का छोराछोरीहरू मात्रै छन् । त्यहाँ सबै बा ! बा ! मात्रै भन्छन् । आज नारायणी किनारमा अधिवेशन भइरहेको छैन, कसले ओली बा’को पाउमा तेल राम्रोसँग दल्न सक्दछ भन्ने प्रतिस्पर्धा भइरहेको छ,’ उनले भने । 

केपी शर्मा ओली पुष्पकमल दाहाल ‘प्रचण्ड’ गगन थापा

विशेष