News

रत्नपार्कका मुकुन्दले गरे ‘ईन्दिरा’ सँग सरप्राईज इंगेजमेन्ट ! 

रत्नपार्कका मुकुन्दले गरे ‘ईन्दिरा’ सँग सरप्राईज इंगेजमेन्ट ! 

केही वर्षअघि रत्नपार्कका रुखमाथि चढेर भाषण गरी चर्चा कमाएका मुकुन्दे अर्थात् मुकुन्द घिमिरेले झापाको सुरुङ्गाकी इन्दिरा संग्रौलासँग इंगेजमेन्ट गरेका छन् ।

शनिवार सामाजिक सञ्जाल फेसवकुमा फोटो शेयर गर्दै उनी स्वयम्ले इन्गेजमेन्टको पुष्टि गरेका हुन् । इंगेजमेन्टलाई उनले सरप्राईज भनेका छन् ।

०५८ देखि ०७० सालसम्म रत्नपार्कमा भाषण गर्दै हिँड्ने मुकुन्दे त्यसपछि सामाजिक सञ्जाल फेसवुक र ट्वीटरमा चर्चित छन् । रुखमा चढेर ‘पहाडमा रेलैरेल । मधेसमा खेतैखेत । ट्याक्टरले खेत जोत्ने । हेलिकप्टरले बीउ छर्ने । १० करोडसम्म जनतालाई सुखले पाल्ने । र, ३६५ दिन नै दसैं घोषणा गर्ने न्यूनतम कार्यक्रम छ’ भन्दै भाषण गर्न थालेपछि उनी चर्चामा आएका हुन ।

सामाजिक सञ्जालमा उनले आफूलाई भविष्यको कार्यकारी राष्ट्रपति दाबी गर्छन् । र, मुकुन्दल्याण्डका जनतालाई सुख र शान्तिले बस्न पाउने व्यवस्था आफूले मिलाउने बताउँछन् । 

०३५ सालमा भोजपुरको खार्ताम्छामा जन्मिएका मुकु्न्दे ‘भोजपुरमा मोइ खाएर काठमाडौंमा पिसाब फेर्न आउने’ सपना देख्छन् । उनले ०५५ सालमा ६९ प्रतिशत ल्याएर पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानबाट ओभरसियर पास गरेका छन् ।

०५८÷०५९ सालतिर रत्नपार्कस्थित शान्ति बाटिकामा पोते लगाएर बस्थे उनी । नेताहरु सबै नपुंसकजस्तै भएको र देशमा १५ हजार मान्छे मरेकाले १५ हजार दाना भएको पोते लगाएको उनी वताउँथे । 

०७५ सालमा बुहारी कुटेको आरोपमा मोरङको बेलबारी–११ लक्ष्मीमार्गबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो । अंशबण्डामा असन्तुष्टि भएको जनाउँदै उनले भाई बुहारी यशोदा लुईँटेल (घिमिरे) लाई निर्घात कुटपिट गरेको प्रहरीले जनाएको थियो ।
 

मुकुन्द घिमिरे

विशेष