News अपराध सुरक्षा

राजमार्गका होटलमा प्रहरीको असुली : वेस्यावृत्तिको आरोपमा फसाउने धम्की

राजमार्गका होटलमा प्रहरीको असुली : वेस्यावृत्तिको आरोपमा फसाउने धम्की

सप्तरीमा पछिल्लो समय होटल, रेन्टुरेन्ट र लज ब्यवसायीहरु घुमुवा प्रहरीका नाममा आतंकित भईरहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत सई संजय न्यौपाने नामका ब्यक्तिले धम्की दिएर पैसा असुल गर्न थालेपछि आफुहरु समस्यामा परेको ब्यवसायीहरु वताउँछन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीदेखी भारदहसम्म कथित घुमुवा असईको आतंक छ। कंचनपुर, रुपनगर, महुली, सितापुर, भारदह, रुपनीसहितका बजारमा राजमार्ग छेउमा खुलेका होटल तथा लजमा गई आफु धुमुवा भएको वताएर न्यौपानेले पैसा उठाउने गरेका छन् ।

साँझ परेपछि आएर होटलमा वस्ने, आनपिन गर्ने अनि ‘यो होटलमा वेस्यावृत्ति गरेको सुचना आएको छ लेनदेन गरेर कुरा मिलाउने भए ठिकै छ, नत्र कारवाही अगाडि वढाउँछु’ भन्दै पैसा असुलने गरेको सञ्चालकहरु वताउँछन् ।

आफुले गलत नगरे पनि प्रहरीले कुनै आरोप लगाएर पक्राउ गर्यो भने एकातर्फ समाजमा प्रतिष्ठा सकिने र अर्कोतर्फ ब्यवसाय नै ठप्प हुने डरले आफुहरु पैसा दिन वाध्य हुनु परेको उनीहरुको गुनासो छ। ‘वेस्यावृत्तिको आरोपमा पक्राउ परियो ब्यवसाय त डुब्छ–डुब्छ, अर्कोतर्फ इज्जत पनि सकिन्छ’ एक ब्यवसायी भन्छन्–‘इज्जत र ब्यवसाय दुवै गुमाउँनु भन्दा वरु अलिअलि दिएर पठाउँछौं ।’

राजमार्ग छेउछाउ खुलेका अधिकांश होटलहरुको समस्या अहिले यही छ। प्रहरीको नाममा भईरहेको यस्तो कृयाकलापका विषयमा अहिलेसम्म जिल्ला प्रहरी कार्यालयले कुनै प्रतिक्रिया नजनाउनु आश्चर्य भएको उनीहरुको भनाई छ।

‘होटेल संचालन कुनै समस्या भए स्थानिय प्रशासनले भनि दिनुपर्यो नत्र यसरी दुःख दिनु राम्रो होईन’ उनीहरु भन्छन्।

न्यौपानेले रुपनगर स्थित धरापानीको एक होटलमा केही पर्यटकहरुलाई समेत दुब्र्यवहार गरेको पाईएको छ। उज्वेकिस्तानवाट आएका २० बर्षिय  इनोबाट राजाबोभा, २२ बर्षीय  इस्मिगुल राजाबोभा र १८ बर्षिय डाइना यूसुफपोभालाई दुब्र्यवहार गरेको प्रत्यक्षदर्शीहरुले वताए ।

३ दिन आगाडी ३ उज्वेकिस्तानीसहित ५ जनालाई भारतीय एसएसबीले जोगवनी नाकाबाट पक्राउ गरेको थियो । उनीहरु सप्तरीबाटै विरानगरसम्म गएको श्रोतको दावी छ। जानकारी अनुसार न्यौपानेले रुपनगरमा दुब्र्यवहार गरेपछि उनीहरु विराटनगर गएका थिए ।

सप्तरी प्रहरीका डिएसपी माधव प्रसाद काफ्लेले जिल्ला प्रहरी कार्यालयमा संजय न्यौपाने नामका सई कार्यरत रहको पुष्टि गर्दै उनको विषयमा कतैवाट त्यस्तो उजुरी भने नआएको वताए । यद्यपी आन्तरिक छानविन गरेर गलत काम गरेको पुष्टि भए कारवाही गर्ने उनले वताएका छन् ।
 

जिल्ला प्रहरी कार्यालय सप्तरी संजय न्यौपाने

विशेष