News

यस्तो छ सौरहामा ओली वसेको रिसोर्ट, माओवादी समर्थक हुन सञ्चालक

यस्तो छ सौरहामा ओली वसेको रिसोर्ट, माओवादी समर्थक हुन सञ्चालक

नेकपा एमालको १०औं महाधिवेशनका कारण अहिले देशकै ध्यान चिवनमा केन्द्रित छ। सवैभन्दा ठुलो र प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीले सवैको ध्यान चितवनतर्फ तानिरहेका छन् ।

ओलीको विषयमा सवैको चासो वढेको छ। ओली महाधिवेशमा सहभागि हुन विहिवार नै चितवन पुगेका थिए । उनी सौराहास्थित पार्क सफारी रिसोर्टमा बसेका छन् । राप्ती नदीको किनारबाट ओली बास बसेको पार्क सफारी रिसोर्ट सडकबाट १५० मिटरभित्र छ। 

पार्क सफारी रिसोर्टका संचालक पूर्व पत्रकार हुन । उनी माओवादी निकट मानिन्छन। स्रोतका अनुसार १० कठ्ठा जमिनमा करिव २५ करोडको लागतमा रिसार्टको निर्माण गरिएको हो ।

ओलीका लागि स्विट रुमको ब्यवस्था गरिएको छ। जसको रेट सिजनमा करिव १० हजार पर्ने वताईन्छ। चितवन झेरदेखि नै ओली धपेटीमा छन् । विहिवार साँझ उनको स्वास्थ्य अवस्था निकैनै विग्रिएको थियो । ‘स्वास्थ्य अवस्था विग्रिएर झण्डै अस्पताल नै लानु पर्नेसम्मको अवस्था आएको थियो’ ओली निकट श्रोत भन्छ–‘तर, पछि विस्तार सहज भयो। शुक्रवार विहान उठ्दा फ्रेस देखिएपछि पुनः महाधिवेशनको काममा लाग्नु भएको छ।’

ओलीसँगै पत्नि राधिका शाक्य पनि सँगै छिन् । ओलीकी निजी चिकित्सक डा. दिब्या सिंह शाह पनि सँगै रहेको वताईन्छ। मौसम परिवर्तन तथा धपेटीका कारण पनि ओलीलाई स्वास्थ्यमा समस्या देखिएको हुन सक्ने जनाईएको छ। यद्यपी अहिले उनी नेतहरुसँगको छलफलमा जुटिसकेका छन् ।
 

केपी शर्मा ओली पार्क सफारी रिसोर्ट

विशेष