News

प्रदेश १ का प्रश्तावित मुख्यमन्त्रीको जाँडपार्टी, यसरी वाहिरियो भिडियो

प्रदेश १ का प्रश्तावित मुख्यमन्त्रीको जाँडपार्टी, यसरी वाहिरियो भिडियो

प्रदेश १ का प्रस्तावित मुख्यमन्त्री राजेन्द्र राई विवादमा परेका छन् । मुख्यमन्त्री नवन्दै जाँडपार्टी गरेपछि राई विवादमा परेका हुन ।

नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीसहितका ४९ सांसदको समर्थनमा मुख्यमन्त्री पक्का गरेपछि राईले पार्टी दिएका हुन । 

नेकपा एकीकृत समाजवादीका सचिवसमेत रहेका राईले मुख्यमन्त्री बनिनसक्दै स्याम्पियन फोडेर खुसियाली मनाएका हुन्। इटहरीको एक होटेलमा सोमबार राति आयोजित कार्यक्रममा राईले भावी मुख्यमन्त्रीका रुपमा केक समेत काटेर खुसीयाली मनाएका छन् ।

सामाजिक सञ्जालमा राखिएको भिडियोमा उनले स्याम्पियन फोडेको पनि देख्न सकिन्छ। तर उक्त भिडियो केही समयमै डिलिट गरिएको थियो।

उक्त भिडियोमा मुख्यमन्त्री बन्न लागेका राईले नै ‘यो विषय सार्वजनिक नगर्नु’ भनेका छन् । नेकपा एमाले विभाजित गरेर बनाइएको एकीकृत समाजवादी प्रदेश १ संसदीय दलका नेता राई अब मुख्यमन्त्री वन्ने पक्का भएको छ।

मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत जुटाउन नसकेपछि सोमबार राजीनामा दिएका थिए। उनी ६८ दिनसम्म सत्तामा रहे।
 

प्रदेश १ राजेन्द्र राई

विशेष