News

कोटरीकै नेता ब्यवस्थापन गर्न ओलीलाई महाभारत, सहमतिको गफ मात्रै !

कोटरीकै नेता ब्यवस्थापन गर्न ओलीलाई महाभारत, सहमतिको गफ मात्रै !

चितवनमा जारी महाधिवेशनमा आशा गरेकैले चेपुवामा पारेपछि एमाले अध्यक्ष केपी शर्मा ओली तनावमा परेका छन् । शुक्रबार राति चार पदाधिकारी र करिब ७५ जना केन्द्रीय सदस्य थप्न केन्द्रीय कमिटीले निर्णय गरेपनि नयाँ नेतृत्व चयनमा कोटरीकै नेताले अडान नछोडेपछि उनी तनावमा परेका हुन ।

केन्द्रीय कमिटीले सर्वसम्मतिमै नेतृत्व छान्ने सन्देश महाधिवेशन प्रतिनिधिहरु माझ पु-याए पनि आफु निकटकै चार नेतालाई ब्यवस्थापन गर्न ओलीलाई धौ–धौ परेको छ।

नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल आ–आफनो अडानमा छन् । पटक पटक छलफल गर्दा समेत उनिहरु सहमतिका लागि तयार देखिएका छैनन् । वरिष्ठ उपाध्यक्षमा वर्तमान महासचिव ईश्वर पोखरेललाई सुवास नेम्वाङले चुनौती दिएका छन्। 

ओलीसँगको छलफलमा पोखरेल र नेम्वाङ दुवै वरिष्ठ उपाध्यक्ष छाडेर अन्य पदमा सम्झौता गर्न तयार नभएको वताईएको छ। यसैगरी, महासचिवमा शंकर पोखरेल र विष्णु पौडेलको टकराव देखिएको छ।

आफु निकटकै नेताहरु सहमतिका लागि पछि सर्न तयार नभएपछि ओलीलाई संकट परेको नेताहरु वताउँछन् । अर्कोतिर उपाध्यक्ष भीम रावलले अध्यक्षमा आफुलाई समेत चुनौती दिएपछि ओली थप तनामा रहेको उनिहरु वताउँछन् ।

केपी शर्मा ओली

विशेष