News

एमालेमा डनवाद : एकलौटी पदाधिकारीको नाम घोषणा गरेर पारित गराउने ओलीको तयारी

एमालेमा डनवाद : एकलौटी पदाधिकारीको नाम घोषणा गरेर पारित गराउने ओलीको तयारी

नेकपा (एमाले) को जारी महाधिवेशन टुंगोमा पुग्न नसकेका बेला अध्यक्ष केपी शर्मा ओलीसहितका मुख्य नेताहरु भने बन्दसत्र स्थलमा छैनन् । उनिहरु वन्दसत्रमा घोषणा गर्ने पदाधिकारी र केन्द्रीय सदस्यको सूची वनाउन ब्यस्त छन् ।

स्रोतका अनुसार भीम रावल, घनश्याम भुसाललगायतका केही नेताहरुले सूचीमा असहमती जनाउने सम्भावना रहेपछि एकलौटीरुपमा नाम घोषणा गर्ने र ध्वनी मतका आधारमा पारित गराउने तयारीमा ओली लागेका छन् ।

छलफलमा अध्यक्ष ओली र उनीनिकट ‘कोर टिम’ होटेल पार्क सफारीमा परामर्श गरिरहेका छन् । नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, महेश बस्नेत लगायतका नेताहरु छलफलमा रहेको स्रोतको भनाई छ। 

जानकारी अनुसार पार्क सफारी रिसोर्टको कोठा नम्वर ४०१ मा वसेर लामो छलफलपछि सम्भावित पदाधिकारी र केन्द्रीय कमिटीको सूची तयार पारिएको छ।

सहमतिका लागि भन्दै बिहान ८ बजेदेखि हुने भनिएको निर्वाचन प्रक्रिया अझैं शुरु गरिएको छैन् । हिजोको बन्द सत्रले ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गर्ने प्राधिकार दिएको थियो ।

तर उता उपाध्यक्ष भीम रावल भने अध्यक्ष पदका लागि भोट मागिरहेका छन्। उनले कुनै हालतमा पछि नहट्ने भन्दै सेभेनस्टार होटलस्थित बन्दसत्र हलमै पुगेर पनि भोट मागेका छन्।
 

नेकपा (एमाले) केपी शर्मा ओली

विशेष