News

संग्रौलालाई खसखस– सहमतिमा गर्ने भनेको सहवास हो महाधिवेशन होइन

संग्रौलालाई खसखस– सहमतिमा गर्ने भनेको सहवास हो महाधिवेशन होइन

नेकपा एमालेको दसौं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य चयनमा भईरहेको सहमतिको प्रयासप्रती लेखक खगेन्द्र संग्रौलाले अनौठो ब्यंग्य गरेका छन् ।

राजनीतिक दल सहमतिमा भन्दा पनि निर्वाचनवाट मात्रै वलियो हुने दलिल प्रस्तुत गरेका संग्रौलाले ‘सहमतिमा गर्ने भनेको त सहवास हो, महाधिवेशन होईन’ भन्दै ब्यंग्य गरेका छन् । उनले फेसवुकमा लेखेका छन्–‘सहमतिमा गर्ने भनेको सहवास हो महाधीवेसन होइन । निर्वाचित कमिटिले मात्र पार्टि लाइ मजबुत बनाउने काम गर्दछ ।’

उनी यतिमा मात्र रोकिएका छैनन्, यसअघि उनले अर्को फेसवुक आइडीवाट एमालेले सौराहामा नाटक गरेको प्रतिक्रिया दिएका थिए । ‘सौराहामा एमालेको नेतृत्व छान्ने नाटकमा देशभरिबाट २,११५  प्रतिनिधि हाजिर छन्। तर यी “प्रतिनिधि“लाई भेडाको बगाल साबित गर्दै ओलीले कृपा, सनक र अहंकारका आधारमा एक्लै नेतृत्व छान्ने छनक देखियो’ उनले लेखेका छन्–‘यो हो ओलीपन्थको लोकतन्त्र वा जनवाद! एक सर्वाधिकारी मालिक,२,१७५ निजका थप्पडीबाज दासहरू!’

संग्रौलाको माथिल्लो स्ट्याटसमा भने उनकै शब्दभावमा प्रतिक्रियाहरु आईरहेका छन् । रेवत कटवाल नामका फेसवुक प्रयोगकर्ता लेख्छन्–‘ विचारा २ गिलास रक्सी र भारूमा विक्ने मान्छेको रोइलो कठैवरा।’

यसैगरी, सुधा थापा नामका फेसवुक प्रयोगकर्ताले ‘सहमतिमा सबैसँग सबहास गर्न सकिने भए तपाईले पनि सबहास गरीकन पार्टी मजबूत गराए भैगो नी ट्ववाके काका ! के को ख्यार ख्यार हौ ?’ लेखेका छन् भने ज्ञानेन्द्रकुमार श्रेष्ठले ‘भनेपछी एमालेमा १५ बर्षसम्म माधबले र माओबादीमा प्रचण्डले ३० बर्षसम्म सहमतीमा सहबास गरेको रहेछ हैन ट्वाकेन्द्र ?’ भन्दै प्रश्न गरेका छन् ।


 

खगेन्द्र संग्रौला

विशेष