News

दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक

दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमका कारण सरकारले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ। सरकारले अर्को व्यवस्था नभएसम्मका लागि यस्तो रोक लगाउने निर्णय गरेको छ ।

गृहमन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका स्थानीय प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी मुलुकका नागरिकहरुलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

‘कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाउने निर्णय भएको छ’ गृहका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने–‘यो निर्णय कार्यान्वयनका लागि अध्यागमन विभागले समेत आफू मातहतका अध्यागमन कार्यालयहरुलाई परिपत्र गरिसकेको छ ।’

दक्षिण अफ्रिकी मुलुकसँगै अन्य केही देशमा पनि ओमिक्रोन भेरियन्ट भेटिन थालेपछि छिमेकी मुलुक भारतले पनि यसको रोकथाम तथा नियन्त्रणका लागि उच्त सतर्कता अपनाउने निर्णय गरिसकेको छ ।

ओमिक्रोन दक्षिण अफ्रिकी मुलुक

विशेष