News

कांग्रेसको अधिवेशनमा मन्त्रीका पिएसओले गोली चलाए

कांग्रेसको अधिवेशनमा मन्त्रीका पिएसओले गोली चलाए

सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विवाद हुँदा गोली चलेको छ । बलरा नगरपालिका वडा नं ९ मा वडा अधिवेशनका क्रममा विवाद हुँदा मन्त्रीका निजी सुरक्षाकर्मीले गोली चलाएका हुन ।

प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका निजी सुरक्षाकर्मीले हवाई फायर गरेको सर्लाहीका एसपी कृष्ण प्रसाईंले बताए ।


अधिवेशन स्थलमा पुगेका मन्त्री सिंह र स्थानीय कांग्रेसका कार्यकर्ताबीच विवाद भएपछि मन्त्रीका पिएसओले एक राउण्ड हवाई फायर गरेको स्रोतले जनाएको छ।

स्थानीय कांग्रेस कार्यकर्ताका अनुसार पूर्व वडासभापति मतदानस्थलमा उपस्थित नभएपछि निर्वाचन प्रकृया नै अन्योलमा परेको थियो। मन्त्री सिंंह केही कार्यकर्ता लिएर अचलगढ मतदान केन्द्र पुगेका थिए। लगत्तै स्थानीय कांग्रेस नेता कार्यकर्ताले उनलाई मतदान स्थलमा जान रोके। त्यसपछि स्थानीय प्रशासनको सहयोगमा मतदानस्थल प्रवेश गरेका उनले मतदान अधिकृतलाई आफ्नो ढंगले प्रकृया अगाडि बढएको आरोप लगाउँदै गालीगलौज गरेको वताईएको छ।

मतदान अधिकृतलाई गालीगलौज गर्दै मतदानस्थलको टेवल कुर्सी फाल्न थालेपछि स्थानीय कांग्रेस नेता कार्यकर्ता मन्त्री सिहं र उनीसँगै गएका कार्यकर्ता माथि जाइलागेका थिए। सोही क्रममा सिंहसगै रहेका पिएसओ प्रहरी हवल्दार रामचन्द्र खंगले एक राउण्ड गोली चलाएका हुन्। त्यसपछि भीड तितरवितर भएको प्रहरीले जनाएको छ।

सर्लाही नेपाली काँग्रेस गोली

विशेष