News

एमालेको वन्दसत्र ८ वजेका लागि सर्यो, पदाधिकारीको सूची अध्यक्ष मण्डलमा

एमालेको वन्दसत्र ८ वजेका लागि सर्यो, पदाधिकारीको सूची अध्यक्ष मण्डलमा

नेकपा (एमाले)को १०औँ महाधिवेशनको बन्दसत्र अझै एक घण्टा पछि सरेको छ। आइतबार साँझ ७ बजे बोलाइएको बन्दसत्र एक घण्टा सारेर ८ बजेका लागि बोलाइएको छ । 

बन्दसत्र सारेर अहिले  सेभन स्टार होटलमा महाधिवेशन अध्यक्षमण्डलको बैठक बसेको छ । बैठकमा केपी ओलीले तयार पारेको पदाधिकारी र केन्द्रीय सदस्यहरूको लिस्टमाथि छलफल भइरहेको स्रोतले जनाएको छ ।

महाधिवेशनको अध्यक्षमण्डलमा ओली, उपाध्यक्षहरू भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य सदस्य छन् । त्यस्तै महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य रामबहादुर थापा ’बादल’ पनि रहेका छन् ।

त्यसैगरी स्थायी कमिटी सदस्यहरू टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा र लालबाबु पण्डितलाई पनि अध्यक्षमण्डलमा राखिएको छ। 

अध्यक्ष ओलीसहितको कोर टिम दिनधरी वसेर पदाधिकारी र केन्द्रीय सदस्यको सूची तयार पारेको हो ।

छलफलमा नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, महेश बस्नेत लगायतका नेताहरु थिए । अध्यक्षका उम्मेदवार भीम रावल भने अध्यक्ष पदका लागि भोट मागिरहेका छन्। उनले कुनै हालतमा पछि नहट्ने र सहमति नमान्ने वताएका छन् ।
 

नेकपा (एमाले)

विशेष