News

बन्दसत्र सुरु नभएपछि सयौं महाधिबेशन प्रतिनिधि गोप्यसत्रमा !

बन्दसत्र सुरु नभएपछि सयौं महाधिबेशन प्रतिनिधि गोप्यसत्रमा !

नेकपा (एमाले) को १०औं महाधिवेशनको बन्द सत्र भर्खरै सुरु हुन लागेको छ। आइतबार बिहान १० बजेदेखि दोस्रो दिनको बन्दसत्रको कार्यक्रम तय भएकोमा नेतृत्वका लागि सहमति जुट्न नसक्दा साढे १० घण्टापछि सुरु हुन लागेको हो ।

यसअघि ७ बजे बन्दसत्र सुरु हुने पनि बताइएको थियो । तर, सहमतिको चुरो नपुगेपछि ८ वजेलाई सारिएको वन्दसत्र साढे ८ वजपनि सुरु भएको छैन।

अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र सहमति जुटाउनका लागि निरन्तर छलफलमा रहेपछि प्रतिनिधिहरु भने फुर्सदिला भएका थिए । मेडिकल ब्यवसायी एवम् दुर्गा प्रसाईले समेत प्रतिनिधिहरुलाई वेरोजगार वनाईएको भन्दै अधिवेशन स्थलमा असन्तुष्टि जनाईरहेका थिए । 

अधिवेशनको सम्पुर्ण काम ओलीले नै गर्ने भएपछि कतिपय प्रतिनिधिहरु भने घुमफिरमा देखिएका थिए । कोही प्रेमलापमा थिए भने कोही गोप्य गुटगत बार्तालापमा रहेको पाईएको छ।

कोही नयाँ ठाउँ घुमफिर त कोही आफंत भेटघाटमा ब्यस्त देखिए। नेपालआजसँगको कुराकानीमा एक कमरेड जोडीले हासोमै भने–‘महाधिबेशनको सब काम अध्यक्षले गर्ने भएपछि हामी यि यतातिर लागियो।’

पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने मुल जिम्मेवारी नै नपाएपछि फुर्सदिला भएका कतिपय प्रतिनिधिहरु भने जोडि–जोडि नै घुम्न हिडेको समेत देखिएको थियो।
 

नेकपा (एमाले)

विशेष