News स्वास्थ्य

कलेज ड्रेस लगाएका किशोरीहरु नै किन्छन इकोन र गर्भ परिक्षण किट

कलेज ड्रेस लगाएका किशोरीहरु नै किन्छन इकोन र गर्भ परिक्षण किट

घटना १ः 
पुरानो बानेश्वरको एक फार्मेसीमा १६÷१७ वर्ष जस्तो देखिने एक युगल जोडी बुलेट बाईकमा आउछन्। भर्खर जुँगाको रेखी बसेका किशोर र हेर्दै सुन्दर तामाको मुना जस्ती किशोरी । हेर्दा लाथ्यो त्यस्तै ११÷१२ कक्षामा पढ्ने स्कुले बिद्यार्थीहरु हुन र पढाई सकेर घर जादैछन्। उनिहरुको हाउभाउ हेर्दा खान्दानी र कुनै घरानियाँ परिवारका। तर, अनुहार मलिन। 

अप्ठ्यारो मान्दै किशोरीले भन्छिन – दिदी प्रेग्नेन्सी टेस्ट किट दिनुन। फार्मेसीमा बसेको महिलाले प्रेग्नेन्सी टेस्ट किट दिएपछि, शौचालय कहाँ छ भनेर सोध्छन । अनि दुवै जना शौचालयतर्फ जान्छन्। करिब ५ मिनेटपछि दुबै निस्कन्छन। किशोरको अनुहार मलिन अनि किशोरीका आँखाभरी आसु।  केहि असहज महसुस गर्दै दुबैजना बाईक चढेर फार्मेसीबाट निस्कन्छन।

घटना २ः 
करिब दुई साताअघि जडिवुटीको एक औषधि पसलमा २०–२२ वर्षकी अविवाहित युवती आइन् । औषधी पसलेसँग सजिलै भनिन ‘दाई ईकोन दिनुस न ।’ पसलेले ईकोन झिकेर दिए । ‘अरु ४÷५ वटा दिनुस न ?’ उनले थप मागिन् । त्यसपछि हाजमोला चकलेट झै एउटा त्यही खाइन् । बाँकी ब्यागमा हालेर बाटो लागिन् ।

नबुझ्नेहरुका लागि ‘इकोन’ कुनै चकलेट झै लाग्न सक्छ । तर यो गर्भनिरोधक औषधी हो । यसलाई ७२ घण्टे चक्की भनेर पनि बुझिन्छ । चिकित्सकका अनुसार यो चक्कीले शतप्रतिशत गर्भ रोक्ने ग्यारेन्टी हुँदैन् । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ को अनुसन्धानअनुसार इमरजेन्सी कन्ट्रासेप्टिभ पिल्स इसीपीको प्रभावकारिता ५२ देखि ९६ प्रतिशतसम्म मात्रै हो ।

यसले कसरी काम गर्छ र कति सुरक्षित छ ?
विशेषगरी ७२ घण्टासम्म यसले राम्रोसँग काम गर्ने र त्यसपछि यसै भन्न नसकिने विश्व स्वास्थ्य संगठनको अध्ययनमा देखाइएको छ । औषधिका रूपमा लिभोनोरजेस्ट्रेल र युलिप्रिस्टललाई मान्यता दिएको छ । यो चक्की असुरक्षित यौन सम्बन्धको पाँच दिन अर्थात् एक सय २० घन्टाभित्र खाइसक्नुपर्ने हुन्छ । यो हर्मोनले महिलाको डिम्बाशयबाट निस्कने डिम्बलाई रोक्छ ।

डिम्ब निस्किसकेको छ भने शुक्रकीटसँग सेचन भई भु्रण बन्न दिँदैन । र, भु्रण समेत बनिसकेको छ भने पाठेघरमा टाँसिन दिँदैन । सेचन भइसकेको भए पनि भु्रण बन्न ७२ घण्टा लाग्ने भएकाले यसलाई ७२ घण्टे चक्की पनि भनिएको हो ।

बढी चलेको औषधि इकोन भएपनि यसका अलावा अन्य औषधी पनि थुप्रै मात्रामा पाइन्छन् । जस्तो, आइपिल, म्याक्स ७२, अनवान्टेड, पोस्टिनोर लगायत । 

ती युवतीले ७२ घण्टे औषधी अनौठो नमानी सेवन गरेको देख्नेहरु तिन छक्क परे। स्वभाविकै हो। अविवाहित महिलाले शारीरिक सम्वन्धलाई खुल्ला रुपमा पचाई नसकेको समाजमा यसरी इकोन चक्की सहजै माग्नु र धक नमानी सेवन गर्नुलाई अनोठो नै मानिन्छ।

इकोन सेवनको अझै भित्रको कुरा खुलासा गर्दै औषधी बिक्रेताले भने–‘यो त सामान्य कुरा भयो, स्कुल कजेलको पोशाकमै इकोन किन्न आउँनेहरु धेरै छन् ।’

असुरक्षित यौन सम्पर्क 
अपरिपक्क उमेर। कानुनी रुपमा गैरकानुनी र सामाजिक रुपमा वेईजतको भारी। परिपक्क उमेर नभई गर्भ वस्ने र आमा र वच्चाको ज्यान नै जोखिममा पर्ने जस्ता घट्नालाई न्यूनिकरण गर्न सरकारले नै ‘विहेवारी २० वर्ष पारी’ भन्दै विभिन्न नियम कानुन वनाएको छ। उमेर नपुगेका किशोरीहरुसँग शारीरिक सम्वन्ध वनाउनुलाई बलात्कार सरह मानिन्छ। तर, यसको कार्यान्वयन भने फितलै देखिन्छ। माथि उल्लेखित प्रतिनिधि घट्ना यसका प्रमाण हुन– विवाह अगाडिको सम्वन्धमा नत कानुनको रोकेको छ नत समाजका वन्धनले छेकेको छ। 


यो जुडिवुटीको मात्रै कुरा होईन, इकोन अविवाहित किशोरी÷युवतीहरुमाँझ लोकप्रिय छ । यौनसम्पर्क गर्दा असुरक्षित गर्ने र पछि सुरक्षाका लागि इकोन सेवन गर्नेहरु धेरै छन् । इकोन औषधी पषलहरुमा छ्यासछ्यास्ती किन्न पाईन्छ। औषधी पसलहरुमा यस्ता गर्भनिरोधक औषधिहरु बढी नै बिक्री हुने गरेको ब्यवसायीहरु वताउँछन् । 

इकोन किन्न डाक्टरको पुर्जा चाहिँदैन, कण्डम झै पैसा तिरेपछि इकोन किन्न पाईन्छ। यो औषधी बेच्नेले पनि कुनै रेकर्ड नराखी बेच्दा हुन्छ । कानुनी रुपमा यसलाई कुनै प्रतिवन्ध छैन। नियमित सेवनकालागि भन्दा पनि आकस्मिक अवाञ्छित गर्भ रोक्न यसको प्रयोग हुनु पर्ने हो। विवाह भईसकेका जोडिले यौन सम्पर्कको बेला कन्डम प्रयोग गर्न झन्झट मान्दा इकोन रोज्ने गर्छन् । तर, नेपालमा भने पछिल्लो समय विवाहित भन्दा पनि अविवाहित महिलाहरुले शारीरिक सम्वन्धलाई अरुसँग लुकाउनका लागि यो औषधीको प्रयोग गर्ने गरेको पाईन्छ।

इकोनका असर
इकोनमा बिक्रेताहरुलाई पनि दोब्बर फाइदा हुन्छ । अधिकांश औषधी पसलमा किन्न पाईने इकोन सेवनका दुस्प्रभाव पनि छन् । आकस्मिक गर्भनिरोधक चक्कीको काम गर्भनिरोध गर्ने मात्र हुन्छ । आकस्मिक रुपमै यसको प्रयोग गरेमा कसैलाई वाकवाकी हुन्छ, रक्तश्राप हुन्छ, कसैको खेर नगई बच्चै रहन्छ, बच्चा रह्यो भने पनि अपाङ्ग हुन सक्छन्, बाँझोपना हुने गर्छ ।

तत्कालीन असर बाहेक अन्य खतरा पनि हुने चिकित्सकहरु बताउँछन् । यसको दुरुपयोग गरे, नियमित उपयोग गरे स्वास्थ्य सम्बन्धी जटिलता देखिन सक्ने खतरा हुने उनीहरु वताउँछन् । जस्तो कतिपय अवस्थामा कण्डमले यौन रोगहरु सर्ने खतरालाई कम गरिरहेको हुन्छ भने यस्ता आकस्मिक गर्भनिरोधक चक्कीहरुले त्यसमा कुनै भूमिका निर्वाह गर्दैनन् । यस्ता चक्कीले एचआइभी र एड्स जस्ता यौन संक्रमणबाट जोगाउँदैनन् ।

यो चक्की आकस्मिक परिस्थितिमा भएको यौनसम्पर्कबाट हुनसक्ने गर्भधारणबाट बच्ने एउटा उपाय मात्र हो । यसको नियमित उपयोगले शरीरमा हार्मोनको स्तरमा वृद्घि भई स्टेराइड सम्बन्धी जटिलता देखिनुका साथै यसको नियमित उपयोगले हाड खिइने, क्यान्सर लाग्ने, मुटु रोगको सम्भावना बढाउने र शरीरको प्रतिरोधात्मक क्षमता कमजोर हुँदै जान्छ ।

अति धेरै प्रयोग
काठमाण्डौंलगायत काठमाण्डौवाहिर पनि यो औषधीको प्रयोग तिव्र गतिमा वढिरहेको छ।  चाबहिलका एक औषधी ब्यसायीका अनुसार एकै महिलाले महिनामा ५÷७ पटकसम पनि आकस्मिक गर्भनिरोधक औषधी प्रयोग गर्ने गरेका छन् । यस अर्थमा पनि पनि उनी यस कुरालाई दावीका साथ भन्छन् भने– आफना लागि पनि संकोच मानेर किन जाने मानिस प्राय अरुका लागि यस्तो औषधी किन्न जाँदैन। 

कतिपय युवतीहरुले आकस्मिक गर्भनिरोधक चक्कीलाई नियमित सेवन गर्ने निलोकन ह्वाइट जसरी प्रयोग गर्छन् । सल्लाह दिन खोज्यो भने खासै वास्ता नगर्ने भएकाले मागे अनुसार दिने गरेको एक ब्यवसायी वताउँछन् ।

कण्डमको तुलनामा दोब्बर बिक्री
डाक्टरहरुका अनुसार गर्भनिरोधक चक्की भन्दा कण्डम कयौं गुणा सुरक्षित र भरपर्दो छ । कण्डमले यौनरोगबाट बचाउंँछ । साथै महिलाहरुको यौनाङ्गमा गर्भनिरोधक चक्कीले जस्तो नकारात्मक असर पनि पार्दैन । तर बिभिन्न फार्मेसीमा बिक्रिको रेकर्ड हेर्दा कण्डम भन्दा गर्भनिरोधक चक्ककीहरुको बिक्री कयौ गुणा वढि छ।

काठमाण्डौका ठूला पसलमा दैनिक १५ देखि २० वटा गर्भनिरोधक चक्कीहरु बिक्छन । त्यसको तुलनामा कण्डम अत्यन्त कम अर्थात सरदरमा ५ देखि ७ वटासम्म बिक्छ ।

नयाँ वस पार्कका एक फार्मेसी सञ्चालक भन्छन् ‘ईसीपी चक्कीको ब्यापार एकनासाको छैन, कहिले बढी कहिले कम हुन्छ, तर बिदाको समय र शनिवार अत्यन्त धेरै जान्छ, दुई तीन बट्टा सकिएको रेकर्ड छ ।’

विद्यार्थी प्रयोगकर्ता धेरै
ब्यवसायीका अनुसार कन्डम, पिल्स, कपर्टी, संगिनी सुई विवाहितले प्रयोग गर्छन् भने इकोनसँगै आकस्मिक गर्भनिरोधक औषधि प्रयोग गर्नेमा स्कुल/क्याम्पस पढ्ने युवायुवतीले। ‘यौनसम्पर्कमा रहने कतिपय अविवाहित युवती त आकस्मिक गर्भनिरोधक चक्कीकै भरमा भेटिएको छ’, उनिहरु भन्छन्।

अधिकांश युवती आफैं आउँछन् भने कोही युवाले पनि इकोन माग्ने गरेको व्यापारीको भनाइ छ। अस्थायी साधनमध्ये प्रायःले इकोन र केहीले पिल्स किन्ने गरेका छन्। कलेज ड्रेसमा पनि कतिपय युवायुवती अस्थायी साधन किन्न आउने गरेको उनीहरू सुनाउँछन्।

छिटो, सजिलो र झन्झटरहित मानेका कारण आकस्मिक गर्भनिरोधक साधनको दुरुपयोग बढ्दो छ। पछिल्लो समय इकोन र आईपिल खोज्ने ग्राहक बढी आउने गरेको मेडिकल सञ्चालक बताउँछन्।

समूहमा हिड्ने किशोरी मध्ये कुनै एकले गर्भनिरोध औषधी किनेको छ भने केही दिनमा सोही समूहको अर्को किशोरीले गर्भनिरोधक औषधि किन्ने गरेको उनिहरु वताउँछन् ।

र यो पनि हेर्नुहोस् 

चितवनमा इतिहाँसमै सवैभन्दा वढि गर्भनिरोधक अस्थायी साधनको माग

विशेष