News

ओलीलाई नेम्वाङको जवाफः मेरो नेता कोही छैन, वरिष्ठ उपाध्यक्ष पद खारेज गरौं

ओलीलाई नेम्वाङको जवाफः मेरो नेता कोही छैन, वरिष्ठ उपाध्यक्ष पद खारेज गरौं

नेकपा एमालेको दशौं महाधिवेशनमा वरिष्ठ उपाध्यक्षको दावी गरेका सुभाष नेम्वाङ्गल आफु पार्टीमा दोस्रो वरियताको नेता भएको वताउँदै ओली वाहेक कसैलाई नेता नमान्ने जवाफ दिएका छन् । कमिटी प्रस्ताव गर्ने सर्वाधिकार आफूमा लिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भविष्यमा राष्ट्रपति वनाउने प्रश्तावसहित अहिलेलाई चुप लागेर वस्न भनेपछि नेम्वाङको यस्तो जवाफ आएको हो ।

महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ दुबैले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन् । ओलीले पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाएर नेम्वाङलाई उपाध्यक्ष बनाउन चाहेका छन् । तर नेम्वाङले पोखरेललाई नेता नमान्ने सन्देश पठाएपछि ओली तनावमा छन् । उनलाई वरिष्ठ उपाध्यक्षमा दुई नेता मध्ये कसलाई ब्यवस्थापन गर्ने भन्ने संकट परेको नेताहरु वताउँछन् ।

पूर्व सभामुखसमेत रहेका नेम्वाङको सन्देश लिएर प्रदेश १ का पूर्वमुख्यमन्त्रीसमेत रहेका शेरधन राईले अध्यक्ष ओलीलाई भेट्न पुगेका थिए । नेम्वाङको भनाई छ–‘मेरो नेता केपी ओली हो, म भन्दा सिनियर अरु छैन । यदि मलाई उपाध्यक्षमा राख्ने हो भने वरिष्ठ उपाध्यक्ष पद नै खारेज गरौं ।’
 

सुभाष नेम्वाङ

विशेष