News

संगठित सदस्यता नविकरण नभएपनि एमाले महाधिवेशनमा बालिका खड्का

संगठित सदस्यता नविकरण नभएपनि एमाले महाधिवेशनमा बालिका खड्का

प्रदेश १ पूर्वमुख्यमन्त्री शेरधन राई विरुद्ध बलात्कारको आरोप लगाउँदै आएकी बालिका खड्काले आफु विरुद्ध पार्टीले अन्याय गरेको र त्यसविरुद्ध संघर्ष गर्ने वताएकी छिन् ।

शेरधन राईसँगको तनावका कारण पार्टीले संगठित सदस्यता नै नविकरण नगदिएपछि त्यस विरुद्ध संघर्ष गर्ने वताएकी हुन ।

२०६५ सालमा संगठित सदस्यता लिएकी खड्काले महाधिवेशन आउनु अघि आफुले पटक पटक संगठित सदस्यता नविकरणका लागि गरेको आग्रह सुनुवाई नभएको वताईन। ‘पार्टीमा एउटा संगठित सदस्य तयार गर्न ठुलो भुमिका खेल्नु पर्छ, तर म छँदाछदैको योद्धालाई संगठित सदस्यतावाट वन्चित गर्ने षडयन्त्र भयो’ उनले भनिन्–‘सदस्यता नविकरण गर्ने विषयमा खुसामत गर्नु पर्ने, गुलामी गर्नु पर्ने र भनसुन गर्नु पर्ने विषय होईन। तर मैले स्थानीय कमिटि देखि केन्द्रीय कमिटिसम्म यस विषयमा कुरा गरे, त्यसपछि पनि सदस्यता नविकरण भएन।’

पार्टी भित्र गुलामी गर्नुपर्ने, चाकरी गर्नुपर्ने र दास भई दिनुपर्ने मानसिक्ताका विरुद्ध अहिले पनि संघर्षको आवश्यक्ता रहेकाले त्यस विरुद्ध आफुले आवाज उठाउने उनले वताईन् । आफ नेकपा एमालेको नेतृत्व तहमा पुगिसकेको जिम्मेवार कार्यकर्ता भएकाले पार्टीको मायाँ गरिरहने उनले वताए ।

संगठित सदस्यता नविकरण नहुँदा पनि उद्घाटन समारोहमा सहभागि हुन चितवन पुगेकी उनले आफनो जिम्मेवारी र दायित्वलाई नभुल्ने वताईन।

बालिका खड्का

विशेष