News

दौडमा जितेर अध्यक्ष वन्न राजेन्द्र लिङ्देनलाई कमल थापाको चुनौती

दौडमा जितेर अध्यक्ष वन्न राजेन्द्र लिङ्देनलाई कमल थापाको चुनौती

राष्ट्रिय प्रजातन्त्रक पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले महाधिवेशनमा अध्यक्षको उम्मेदवार घोषणा गरेका राजेन्द्र लिङ्देनलाई टुँडिखेलवाट अध्यक्षको छिनाफानो गर्न चुनौती दिएका छन् ।

थापाले युवा पुस्ता भन्दै लिङ्देनले उम्मेदवारी घोषणा गरेकोमा आपत्ति जनाउँदै आफुलाई दौडमा जितेर पार्टी अध्यक्ष वन्न चुनौती दिएका हुन । ‘युवा उमेर गनेर अध्यक्ष हुने हो भने आउनुस् टुडिखेलमा दौडौं । दौडँदा मलाई जित्नु भयो भने म अध्यक्षको उम्मेद्वार हुन्न’ उनले भने, ‘नयाँ जिम्मेवारी लिन्छु भन्नेले अग्रजलाई गाली गरेर, बदनाम गरेर, असफल भनेर नेतृत्व लिनु सम्भव छैन ।’

एकाध पटक चुनाव जित्दैमा लोकप्रिय नभईने भन्दै उनले बुद्धमान तामाङ, पशुपति शम्शेरले धेरै पटक जितेको उदाहरण दिए । उनले भने–‘पुरानो नेतालाई जनताले पत्याउदैन मलाई पत्याउनु पर्छ भन्ने हो भने पार्टी एकता हुँदैन ।’

थापाले आउँदो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा पनि गरे। पार्टी एकीकरणपछि राप्रपाको पहिलो महाधिवेशन मंसिर १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ । दुई वर्षअघि राप्रपा र राप्रपा संयुक्त एकीकरण भएपछि थापा, पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनीले अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।
 

कमल थापा राजेन्द्र लिङ्देन

विशेष