रेश्माले डाक्टर प्रभातसँग कसिन लगनगाठो
अभिनेत्री तथा मोडल रेश्मा घिमिरे विवाहबन्धमा बाँधिएकी छिन् । उनले आज अमेरीका बस्दै आएका प्रभात बासुसँग विराटनगरको एक रिसोर्टमा विवाह गरेकी हुन् । रेश्माको विवाहमा परिवारका सदस्या र आफन्त सहित फिल्म क्षेत्रबाट पनि केही कलाकारहरुको उपस्थिति रहेको थियो । अभिनेत्री वर्षा राउत रेश्मालाई बधाई दिन विराटनगर पुगेकी थिइन् । वर्षा र रेश्मा मिल्ने साथी हुन ।
गत वर्ष मंसिर १८ मा इन्जेजमेन्ट गरेका रेश्मा र प्रभातले एक वर्ष पछि विवाह गरेका हुन । प्रभात अमेरीकामा चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन् । रेश्माले अभिनेत्री हुदै फिल्मी क्षेत्र प्रवेश गरेकी थिइन् । तर पहिलो फिल्मनै व्यवसायीक रुपमा असफल भएपछि उनि लाईमलाइट बाट टाढा थिइन । पेशाले नर्स रहेकी रेश्मालाई पछिल्लो समय भने टिकटकले चिनाएको थियो । टिकटकमा हिट भएसँगै उनले नेपाल आइडल सिजन फोर पनि होस्ट गर्दैछिन भने ,उनलाई फिल्मबाट पनि राम्रै अफर आउन थालेको बताएको छ । म्युजिक भिडियोमा पनि उनको राम्रो क्रेज रहेको छ ।