News

ओलीको प्रश्ताव अस्विकार गर्दै को–को भए वागी ?

ओलीको प्रश्ताव अस्विकार गर्दै को–को भए वागी ?

केपी शर्मा ओलीले नेकपा एमालेको अध्यक्ष दोस्रो पटक सर्वसम्मत दोहोरिन जोडजुलुम गरे। तर, अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका भीम रावलले वलीका हरेक प्रयास असफल वनाएपछि अन्ततः निर्वाचनवाटै नतिजा छिनोफानोको अवस्था आयो ।

आफुले विधि पद्धतिअनुसार उम्मेदवारी दिएपछि खास गरी रावलको उम्मेदवारी ओलीलाई सर्वसम्मत अध्यक्ष बन्न नदिनु नै थियो । त्यसैले अनेक प्रयास गर्दा पनि रावलले उम्मेदवारी फिर्ता लिन नमानेको नेताहरु वताउँछन् । 

रावलको उम्मेदवारी लोकतान्त्रिक अभ्यास त हो तर, त्यो भन्दा पनि महत्वपुर्ण कुरा माधव नेपाल समूहको विरासतलाई अविच्छिन्न राख्नु पनि भएको नेताहरुले आरोप लगाउने गरेका छन् । तर, उनले भने माधवकुमार नेपाल नै पार्टीबाट अलग भइसकेकाले उनको विरासतलाई कायम राख्नुको अर्थ नहुने वताउँछन् ।

सवाल रावलको मात्र होईन। सिङ्गो कमिटी सर्वसम्मत गर्ने घोषणा गरेका ओलीलाई निकै नेताहरुले चुनौती दिएका छन् । ओलीले केन्द्रीय कमिटी र विभिन्न केन्द्रीय आयोगका पदाधिकारी र सदस्यको सूची दोस्रो दिनको बन्दसत्रमा प्रस्ताव गरेका थिए। सर्वसम्मतिसहित ती नामहरु पारित हुने अपेक्षा थियो। 

तर, निर्वाचन प्रक्रियामा जाँदा ओली आफैंले अध्यक्षमा भीम रावलको चुनौती सामना गर्नु पर्यो। अन्य पदमा पनि उनले प्रस्ताव गरेभन्दा बढीको उम्मेदवारी परेको छ। उपाध्यक्षमा घनश्याम भूसालले ओलीले प्रस्ताव गरेका ७ जनाविरुद्ध उम्मेदवारी दिए।

आदिवासी जनजातितर्फ १७ जनाको कोटामा ओलीले १७ जनाकै नाम प्रस्ताव गरे। तर निर्माण बुढा र सुवास कर्माचार्यले समेत उम्मेदवारी दिएपछि चुनाव गर्नु पर्ने अवस्था आयो । मधेशीतर्फ १३ जनाको कोटामा १३ जनाकै नाम प्रस्ताव गरियो। त्यो कोटामा पनि बिल्टु यादव र शम्भुप्रसाद गुप्ताले उम्मेदवारी दिए।

सम्पर्क समन्वयको महिला कोटामा ओलीले कल्पना थापाको नाम प्रस्ताव गरे, तर जानुका रोकाले उनका विरुद्ध उम्मेदवारी दिईन। यसैगरी, दलिततर्फको ८ जनाको कोटामा नरबहादुर विक र अनुभूति वम नेपालीले ओलीको प्रस्ताव बाहिरबाट दाबी गरे। 

थारु खुलातर्फ ५ जनाको कोटमा ओलीको प्रश्ताव वाहेक जयप्रकाश थारु, समावेशीतर्फत मुस्लिममा ४ जनाको कोटमा ओलीले प्रस्ताव गरेका बाहेक इसलाम हवारी र नजिर मिया, पिछडिएको क्षेत्रतर्फ ३ जनाको कोटामा सूचि वाहिरवाट भरत साउँद र लालवहादुर रावलले उम्मेदवारी दिए।

खुलामा लालबाबु पण्डितले सदस्य पदमा बस्न अस्वीकार गरे भने अरु केहीको कलस्टर परिवर्तन भयो। खुला पुरुषतर्फ ८४ जना चाहिनेमा ८५ जनाको नाम दर्ता भएको छ। ओलीले प्रस्ताव गरेका बाहेक सुरेन्द्र मानन्धर, नरेश खरेल, कमल तिमिल्सिना, निर्मल भट्टराई, पदमराज जोशीले उम्मेदवारी दिएका छन्।

प्रदेश १ खुलामा ६ जनाको कोटामा ९ जनाको उम्मेदवारी परेको छ। धर्मराज निरौला, पर्शुराम अधिकारी र दुर्गाकुमार थापा (स्वस्ति)ले सूचीबाहिरबाट उम्मेदवारी दिएका छन् भने बागमतीमा केदार क्षेत्री र रामवीर मानन्धर वागि वनेका छन् ।

सुदूरपश्चिममा पनि खुल्ला पुरुष ६ जनामा कृष्णप्रसाद जैशी, दीपकप्रकाश भट्ट र सहदेव बोगटीले सूचीवाहिरवाट उम्मेदवारी दिए भने महिलामा पनि कलसादेवी महरा, पशुपति कुँवर र मन्जु मलासीले सूचीबाहिरबाट उम्मेदवारी दिएका छन्।

कर्णालीबाट योगेन्द्रबहादुर शाहीको वागि उम्मेदवारी छ।

नेकपा एमाले

विशेष