News

छबिस पाथिभेरामा माओवादी केन्द्रको ५५ सदस्यीय गाउँ कमिटी चयन

छबिस पाथिभेरामा माओवादी केन्द्रको ५५ सदस्यीय गाउँ कमिटी चयन

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बझाङ जिल्ला छबिस पाथिभेरा गाउँपालिकाको प्रथम अधिवेशनबाट बसन्त चलाउनेको अध्यक्षतामा  गाउँ कमिटी चयन भएको छ । 

माओवादी केन्द्रले अध्यक्षमा चलाउनेसहित उपाध्यक्षमा गजेन्द्र बुढा, पदम मण्डेल र मोहोन दमाई चयन गरेको छ । सचीवमा लाल बहादुर थापा, सहसचिव पपिन्द्र मण्डेल, कोषाध्यक्ष इश्वरी ओझा रहनेगरी ५५ सदस्यीय गाउँ कमिटी सर्वसम्मत चयन गरेको छ । 


छविस पाथिभेरा गाउपालिका स्थित ब्यासीमा आयोजना भएको माओवादी केन्द्रको प्रथम गाउँ कमिटी अधिवेशनमा सभा सदस्य द्वय धर्मराज बिक र जनक बुढाको प्रमुख र बिशेष आतिथ्यता रहेको कार्यक्रममा पदम मण्डेलले सभाध्यक्षता ग्रहण गरेका थिए ।

 

विशेष