News विदेश मुख्य समाचार

पाकिस्तानी विदेशमन्त्रीले तालिबानलाई कट्टर रूपमा गरेको समर्थनप्रति सांसद्को आपत्ति

पाकिस्तानी विदेशमन्त्रीले तालिबानलाई कट्टर रूपमा गरेको समर्थनप्रति सांसद्को आपत्ति

लाहोर । राष्ट्रिय सभाका सदस्य मोहसिन दवारले पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरेसीले तालिबानका विदेशमन्त्रीजस्तै व्यवहार गरिरहेको बताएका छन्।

शनिबार स्थानीय होटलमा अफगानिस्तानमा अराजकता विषयक प्यानल छलफलमा दवारले यस्तो टिप्पणी गरेका हुन्। उनले पाकिस्तानी विदेशमन्त्रीले तालिबानलाई गरिरहेको कट्टर समर्थनले पाकिस्तानको अन्तर्राष्ट्रिय छविमा धक्का लाग्ने मात्र नभइ पाकिस्तान आफैं गम्भीर संकटमा फस्नसक्ने बताएका छन्। 

छलफलमा भाग लिँदै अफगान पत्रकार लोतुफुल्लाह नजफिजादाले अफगानिस्तानसँग क्षमताको समस्या नभएको, यसमा शासनको समस्या रहेको बताएका छन्। 

दिग्गज राजनीतिज्ञ अफ्रासियाब खट्टकले दोहा सम्झौता अफगानिस्तानमा राज्य व्यवस्थाको पतनको आधार रहेको बताए। उनले भने, विश्वको एक मात्र देश अफगानिस्तानमा कुनै कानुन र संविधानविना शासन भइरहेको छ।

दोस्रो सत्रमा अफगानिस्तान र पाकिस्तानमा महिलाहरूमा तालिबानीको प्रभावमा वक्ताहरूले अफगानिस्तानमा महिला अधिकारको तत्काल पुनर्स्थापना गर्न माग गरेका छन्। महबोबा सेराजले तालिबानले विद्यालय र विश्वविद्यालय खोल्नु पर्ने बताउँदै अहिले महिलाहरूलाई सहयोग गर्ने कुनै संस्था नभएको बताइन्।

उनले महिला मामिला मन्त्रालय पुनर्स्थापना गर्न माग गरिन्। पत्रकार फरजाना अलीले केपीबाट पेशागत जिम्मेवारी पूरा गर्न गाह्रो भएको बताउँदै ‘आफ्नो ज्यान जोखिममा परेको बेला अफगानिस्तानका पूर्व महिला मामिला मन्त्री सिमा समरले तालिबानविरुद्ध धावा बोलिरहेको बताइन्। 
 

विशेष